प्याब्सन कप सम्पन्न

शेयेर गर्नुहोस


भजनि ०८ माघ /
भजनि नगरपालिका वडा नं. ७ मा सञ्चालन भएको पालिका स्तरीय अन्तर विद्युयालय अन्डर फोर्टिन फुटबल प्रतियोगिता सप्पन्न भएको छ ।
भजनी प्याब्सनको आयोजनामा भएको उक्त प्रतियोगिताको फाइनल खेलमा कल्प बृक्ष इङलिस बोर्डिङ स्कुल प्रथम र द्वितीय इभर ग्रीन इङलिस बोर्डिङ स्कुल द्वितीय भएका छन्
खडक बुढाको अध्यक्षतामा भएको कार्यक्रममा भजनी नगरपालिका वडा नं. ७ का अध्यक्ष अमर बहादुर कठरिया प्रमुख अतिथी रहेका थिए ।
प्रमुखअतिथी कठरियाले खेलकुद प्रतियोगितालाई निरन्तरता दिनु राज्यको दायित्व भएको भएको बताए । अन्डर फोर्टिन मुनिका बालबालिकाको प्रतियोगिताले नयाँ प्रतिभाको जन्म हुने र अब स्थानीय सरकारले खेलाडीलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
फाइनल खेलमा कल्प बृक्ष इङलिस बोर्डिङ स्कुल प्रथम भएर ३० हजार रुपैयाँ र इभर ग्रीन इङलिस बोर्डिङ स्कुल द्वितीय भएर १५ हजार प्राप्त गरेका छन् । हाइ स्कोरर इभन गार्डन स्कुलका बिकाश जोशी , बेस्ट डिफेन्डर इभन स्कुलकै डम्बर सिह बिक , बेस्ट जिके भोजराज बुढा, राइजिङ प्लेयर कल्प बृक्षका जीवन साउँद , मोस्ट भ्यालुवेबल प्लेयर अर्मान इद्रीसी , प्लेयर अफ द म्याच आयुस चौधरी चयन भएका छन् ।
अध्यक्ष बुढाले खेलकुद प्रतियोगिताले नव प्रतिभाको उदय हुने बताए । उदय भएका खेलाडी हरुलाइ राज्यले संरक्षण गर्ने हो भने यो क्षेत्रलाई युव खेलाडीबाट चिनाउन सकिने बताए ।
कार्यक्रमको सञ्चालन शिक्षक डम्बर दत्त जैशी र स्वागत प्याब्सन पालिका सचिब मोतिराम साउँदले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *