बचत गरेको रकम फिर्ता नगर्दा समस्या

शेयेर गर्नुहोस


गणेश क्षेत्री, टीकापुर २३ फागुन /
निर्धन उथान लघुबित्तले मुटुरोगिलाइ बचत फिर्ता नगरेको प्रमाण फेला परेको छ
जानकी गाउँपालिका वडा नं. १ को कालिराम दमाई को श्रीमती फगनि देबि दमाईले पुरा बचत फिर्ता नगरेको र समुह पनि छोड्न नदियर फिर्ता पठायको फगनि देबिले बताएकी छन् । आफु मुटुको रोगि भएको ले उपचार खर्चको अभाव भएकोले आफ्नो बचत फिर्ता गर्न र समुह छुटाइ दिन अनुरोध गरेको बताइन् । उपचार गर्दा एक्सरेमा मुटु सुन्नियको र उपचार मा संलग्न डाक्टरले लेखेको कागजपत्र समेत देखाउदा पैसा नपाउँदा उपचार गर्ने समस्या भएको बताइन् ।
लघुवित्तका फिल्ड सहायक तुलसि प्रसाद रानाले बिरामि हुन्छु र खर्च गर्छु भनेर बचत गरेको रकम नभएर समुहमा बसेर गरेको बचत जतिबेला भन्यो तेतिबेला निकाल्न नपाइने बताएका छन् । कार्यालयमा उपस्थित कर्मचारी हरुपनि पत्रकारले पैसा फिर्ता दिने होइन,पैसा फिर्ता गर्ने लघुबित्त ले हो भनेर आक्रोसित देकिएका थिए ।कार्यालय प्रमुख राम रतन वरईले पनि समस्या आएपनि समुह अर्को महिनामा भएको र समुहले निर्णय गरेपछि मात्रै बचत फिर्ता गर्न सकिने बतए ।
सिनियर अहेब महेस कुमार श्रीवास्तबले मुटुरोग भन्नासाथ अति संबेदनसिल रोग भएको र समयमै उपचार नभएमा गम्भिर समस्या उत्पन्न हुन सक्ने हुनाले बचत फिर्ता नगरेर लघुबित्तका कर्मचारीले बचत कर्ताको अधिकार हनन गरेको आरोप लगाए । समाजसेवी नरेस्वर धमालाले स्थितिको गम्भीरतालाई नबुझेर आफ्नो बचत फिर्ता नगर्ने लघुबित्तका कर्मचारी लाई कानुनि दायरामा ल्याउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *