बर्षा पौडेल ले गरिन बाढी पीडित महिलालाई सहयोग

शेयेर गर्नुहोस


समाधान समाचार

भजनी ०१ भदौ / दार्चुला स्थायि निवासि बर्षा पौडेल ले गत श्रावन १४ गते आएको बाढी बाट भजनी नगरपालिकामा पीडित अति बिपन्न एकल, अशक्त, पूर्णरूपमा घर क्षति भएका १० जना महिलाहरू लाई प्रति व्यक्ति रु. ४ हजारका दरले जम्मा ४० हजार नगद राहत स्वरुप सहयोग गरेकि छन।
उक्त राहत सहयोग भजनी नगरपालिका वार्ड नं.३ धुशि हुलाकी सडक नजिक की अति असक्त डम्बरा कुमारी अखिल र दैलेखीटोल बर्दवाकी बिस्ना सुनार , भजनी नगरपालिका वार्ड नं.६ नवलपुरकी टेशनि देबी चौधरी, भजनी नगरपालिका वार्ड नं.८ काढाँढिक की पूर्ण घर क्षति भएकी पार्बति शाह, सोनाफाटा खल्लाटोल का अति बिपन्न बाढी प्रभावित हरिकला हुनार, इश्वरा जैसि, धनकला धमाला, लक्ष्मी बिक ,सोनाफाटा का अलैँची चौधरी, गोडचौराकी गोमति चन्दलाई भजनी नगरपालिकाको नगर उप प्रमुख छाया देवकोटाले मार्फत वितरण गरेकी हुन।
बर्षा पौडेलको अनुरोधमा भजनी नगरपालिका कार्यपालिका सदस्य कमला ज्ञवालीको समन्वयमा भजनी नगरपालिकाका अति बिपन्न, एकल र अति असक्त १० बाढी पीडित महिलाहरू लाई उक्त सहयोग वितरण गरिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *