बाढी र डुवानका कारण घर छोड्न थाले स्थानीय

शेयेर गर्नुहोस


टीकापुर ०१ असोज /
अविरल लगातारको वर्षाका कारण कैलालीको भजनी नगरपालिकाका दर्जनौं घर डुवानमा परेका छन् । नगरपालिकाका अधिकांश वडा डुवानमा परेका छन् । कान्द्रा नदीको बहाव बढ्दै गएपछि तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।
स्थानीय खेमराज पनाडीले नगरपालिकाको वडा नं. ४ का दर्जनौं घरहरू डुवानमा परेको बताउँदै प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भैरहेको बताउनुएको छ । “डुवान सुरु भएको छ । नदीमा पानीको बहाव बढ्दै जाँदा डुवानको जोखिम अझै छ ।” पनाडीले भन्नुभयो, “नागरिकहरुलाई सतर्क रहन आग्रह गरिएको छ । सुरक्षित स्थानको पहिचान गरि आवश्यक व्यवस्थापन गरिँदै आएको छ ।”
नगरपालिकाको वडा नं. ८ का स्थानीय घर छोडेर हुलाकी सडकमा केन्द्रित हुन थालेका छन् । स्थानीय जयप्रसाद ढुंगानाका अनुसार डुवानको क्रम बढ्दै जाँदा स्थानीय आफ्ना पशु चौपायालाई हुलाकी सडकमा व्यवस्थापन गरेका छन् भने उच्च ठाउँमा स्थानीयले बस्नको लागि स्थान सुरक्षीत समेत गर्न थालेका छन् । “पथरैया नदीका कारण वडा नं. ८ मा डुवान हुने गरेको छ । नदीमा पानीको बहाव बढ्दै गएको छ । कैयौं स्थानीयका घरमा पानी पसिसकेको छ ।” ढुंगानाले भन्नुभयो, “केही स्थानीय उच्च घरमा व्यवस्थापन भएका छन् भने केही हुलाकी सडकमा आउने क्रम जारी छ । साझसम्म वर्षा रहे अधिकांश स्थानीय विस्थापित हुनेछन् ।”
नगरपालिकाका नगर प्रमुख केवल चौधरीले बाढीबाट प्रभावितलाई उदार तथा पानीको निकाश खोल्ने काम भैरहेको बताउनुभएको छ । उहाँले नगरपालिकाका सबै वडाहरु डुवानको उच्च जोखिममा रहेको बताउँदै यस्तो अवस्थामा नागरिकहरु आफै सचेत भएर सुरक्षित हुन आग्रह गर्नुभएको छ । नगर प्रमुख चौधरीका अनुसार भजनीका ८० प्रतिशत घरहरू डुवानमा परिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *