शेयेर गर्नुहोस
टीकापुर १५ असार/
दारी ग्याङ टीकापुर उपशाखाले टीकापुर स्थिति सिमा बिहिन स्वयंसेवक बाल गृहका बालबालिकालाई खाद्यान्न सामाग्री वितरण सहित दहि चिउरा खुवाएको छ ।
राष्ट्रिय दान दिवसको पुर्व सन्ध्यामा टीकापुर उपशाखाले बालगृहमा रहेका २७ जना बालबालिकाहरुलाई दहि चिउरा खुवाएको हो भने गृहका लागि आवश्यक खाद्यान्न वितरण गरेको हो । किसानको खेतमा गएर धान दिवसलाई औपचारिकतामा मनाएर केही रकम खर्च गर्नुभन्दा आवश्यक परेकाहरुलाई सहयोग गर्दा राम्रो हुने भन्दै सहयोग गरिएको संयोजक विष्णु रोकायाले जानकारी दिएका छन् ।
सामाग्री सहयोगसँगै बालगृहमा रहेका बालबालिकाहरुलाई बिज्ञान सम्बन्धि जानकारी गराउनुका साथै प्रतिभा प्रस्फुटन सहितको कार्यक्रम समेत आयोजना गरिएको उनले जानकारी दिए । कार्यक्रममा ग्याङका उपसंयोजक उमेश नाथ, कोषाध्यक्ष सरोज चपाई लगाएतको उपस्थिति रहेको थियो । पछिल्लो समयमा दारी ग्याङ टीकापुर उपशाखाले सामाजिक क्षेत्रमा विभिन्न रचनात्मक कामहरू गर्दै आएको छ ।