बाली पात्रो निर्माण तथा अनुमोदन

शेयेर गर्नुहोस

 
टीकापुर २४ पुस /
  सामाजिक विकासका लागि सचेत समाज (सिएसएसडी) कैलालीको टीकापुर नगरपालिका वडा नं. ९ को  वडास्तरीय बाली पात्रो निर्माण तथा अनुमोदन कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
  सामाजिक विकासका लागि सचेत समाज कैलालीको आयोजना, वल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारी र मोफा जापान र वल्ड भिजन जापानको  दातृ निकाय संस्थाको सयुक्त आयोजना बाली पात्रो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कार्यक्रमकाबारेमा जानकारी दिँदै सामाजिक विकास लागि सचेत समाज मिल अधिकृत सुरज चाैधरीले पालिकासँग समन्वय गरेर वडा स्तरमा काम गर्ने गरेको बताएका छन् ।
विशेषगरी तीनवटा क्षेत्रमा काम गर्ने गरेको बताउँदै स्थानीय तहसँगको समन्वयमा रहेर स्थानीय तह गाउँ टोलमा कृषक समूह गठन गरि कृषक समुहमा तालिम लगायतका कृषिका अन्य विषयहरूमा जानकारी दिने गरिएको उनले बताएका छ ।
     कार्यक्रम अधिकृत चाैधरीले वडामा कृषक समूह कार्यक्रम अन्तरगतको समुहका कृषकलाई बाली पात्रो सम्बन्धि जानकारी दिई किन समयमा कुन बाली लगाउने र कुन तरिकाबाट बाली लगाउने भन्ने कुरा सिक्न पाइने बताएका छन् । उनले किसानले लगाउने बालीमा कृषि ज्ञानको कमीले केहि कुरामा चुक्ने गरेको बताए ।
टीकापुर नगरपालिका कृषि शाखाकि प्राविधिक सहायक रविना चाैधरी र अनिता चाैधरीले कृषकहरुका लागि गैरसरकारी संघसंस्थाहरुले ठूलो सहयोग गरेको बताएकी छन् । उनले धेरै जसो कृषकहरूलाई कुन बाली कहिले र कसरी लगाउने र बजारमा कुन वस्तुको माग बढी छ भन्ने कुराको ज्ञान नरहने बताउँदै बाली पात्रो अनुसार खेती गर्दा उत्पादन तथा बजारीकरणमा सहज हुने बताएकी छन् ।
    कृषक समूह, वडघर, जनप्रतिनिधि, सरोकारवाला निकायको सहभागी रहेको कार्यक्रममा सिएसएसडी कैलाली सामाजिक परिचालक विन्तीराम चाैधरीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *