शेयेर गर्नुहोस
टीकापुर २४ माघ /
जानकी गाउँपालिका वडा नं. ९ स्थित अरुणोदय माध्यमिक विद्यालयका अध्ययनरत बिद्यार्थीहरु बिधालय कृषि करेसाबारीमा आकर्षित देखिएका छन् ।
गाउँपालिकाले बिद्यार्थीहरुलाई आत्मनिर्भर बनाउनका लागि भन्दै किताबको ज्ञानसँगै कृषिमा आकर्षण बढाउने गरी बिधालय कृषि करेसाबारी कार्यक्रम सञ्चालन गरेपछि बिद्यार्थीहरु त्यसमा आकर्षित भएका हुन । बिधालयसँग भएको खाली जग्गामा उनीहरू बर्सेनि तरकारी लगायतका वस्तुको उत्पादन गर्दै आएका छन् । त्यहीँ बिधालय कृषि करेसाबारी कार्यक्रमबाट उत्पादन भएको वस्तुलाई बिधालयले बिद्यार्थीको दिवा खाजाको रुपमा प्रयोग गर्दै आएको छ ।
बिधालय कृषि करेसाबारीले बिद्यार्थीहरुमा थप सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान बढाएको बिधालयका प्रधानाध्यापक कपिलराज भाटले जानकारी दिएका छन् । “बिद्यार्थीहरुमा उत्पादन तर्फ राम्रो ज्ञान भैरहेको छ । आफैले उत्पादन गरेको वस्तुबाट बिद्यार्थीहरु उत्साहित पनि देखिएका छन् ।” प्रधानाध्यापक भाटले भने, “आगामी दिनमा त्यहीँ सिकाइले बिद्यार्थीलाई आत्मनिर्भर बनाउनतर्फ लैजाने विश्वास बिधालयले गरेको छ ।”
विद्यालय कृषि करेसाबारी कार्यक्रम बिधालयमा बिगत ४ बर्ष देखि सन्चालनमा रहेको छ । जानकी गाउँपालिका आर्थिक तथा प्राबिधिक सहयोगमा कृषि प्राविधिक चक्र प्रसाद भाटको सहयोगलाई बिधालयले सम्झिएको छ । साथै उत्पादनसँगै बिद्यार्थीहरुलाई कृषि सम्बन्धि सिकाईमा समेत प्राविधिक भाटले सहयोग पुर्याउँदै आएको बिधालयले जनाएको छ । अहिले बिधालय कृषि करेसाबारीमा लोभलाग्दो काउली उत्पादन भएको छ ।











