बिद्यार्थीसँग अध्यक्ष

शेयेर गर्नुहोस


टीकापुर २४ पुस /
कैलाली जानकी गाउँपालिकामा बिद्यार्थीसँग अध्यक्ष कार्यक्रम सुरु भएको छ ।
गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले त्यसैअनुसार अरुणोदय भित्ते पत्रिका” प्रकाशन गर्ने विद्यार्थीहरुलाई भित्ते पत्रिका प्रकाशनका सम्बन्धमा अभिमुखिकरण गरेका छन् ।
कार्यक्रमका क्रममा अध्यक्ष चौधरीले विद्यार्थीहरुलाई समय व्यवस्थापन, रचनात्मक सोच, र नेतृत्व विकासको महत्वबारे प्रकाश पार्नुका साथै आवश्यक प्रेरणा र उत्साह प्रदान गरे ।
विद्यालयका विद्यार्थीले भित्ते पत्रिकालाई आफ्नो सिर्जनात्मकता अभिव्यक्त गर्ने माध्यमको रुपमा उपयोग गर्दै आएका छन् । अध्यक्ष चौधरीको सहभागिताले विद्यार्थीहरुलाई थप प्रेरित गरेको र उनीहरुको क्षमता विकासमा सकारात्मक प्रभाव पारेको विद्यालयका प्रधानाध्यापक कपिल राज भाटले बताएका छन् ।
विद्यालय परिवार अध्यक्ष चौधरीलाई समय दिनुका साथै विद्यार्थीहरुलाई हौसला प्रदान गरेकोमा हार्दिक धन्यवाद व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *