शेयेर गर्नुहोस
खेमराज पाण्डे, भजनी १४ असोज /
श्री कृष्ण ध्वज चन्द माध्यमिक बिधालय विद्यालय भजनीको सामाजिक परिक्षण सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
समितिका संयोजक शेर बहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिभजनी नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमूख सुर्य बहादुर सिंह रहेका थिए । कार्यक्रमको विशिस्ट अतिथि भजनी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पंकज चौधरी रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सिंहले विद्यालय क्षेत्र भित्र धूम्रपान, सुर्तीजन्य पदार्थको प्रयोगका साथै मोबाइल लगाएतका बस्तुहरु निषेध गर्नु पर्ने बताउँदै अभिभावकहरुले पनि विद्यालयमा सधैं आफ्नो विद्यार्थी प्रगति कस्तो छ भने सोधखोज गर्ने बानीको विकास गर्नु बताएका छन् । उनले बिधालयमा अध्ययन गरेका विद्यार्थीहरुको प्रगती विवरण समेत बिधालयले राख्नुपर्ने बताए ।
वडा अध्यक्ष चौधरीले माध्यामिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय सरकारलाई भएको बताउँदै स्थानीय सरकारबाट हुने सहयाेगका लागि सधैं साथ दिने बताएका छन् । उनले शैक्षिक क्षेत्रको सुधारले मात्र बिद्यार्थीहरुमा विकास गर्न सकिने बताउँदै त्यसका लागि सामुदायिक बिधालयमा कार्यरत शिक्षकहरुले पनि आफ्नो जिम्मेवारीलाई बहन गर्न सक्नुपर्ने बताएका छन् ।
उक्त कार्यक्रममा विद्यालय, विद्यार्थी प्रगति विवरण, विद्यार्थीको संख्या, भौतिक संरचना, शिक्षक शिक्षिकाहरु संख्या तथा आर्थिक वर्ष २०७७/२०७८ मा ७३ लाख ६२ हजार ८सय ३१ बराबर आयव्यय विवरण प्रस्तुत लेखा शिक्षक ज्ञान बहादुर चौधरीले गरेका थिए । उक्त कार्यक्रमको स्वागत् विद्यालयका प्रधानाध्यापक शंकर प्रसाद चौधरीले थिए भने, सञ्चालक शिक्षक रामसिंह चौधरी र शिक्षक लोकबहादुर साउँदले गरेका थिए ।