भजनीका बाढीपीडितलाई सुदुपश्चिमेली नेपाली समाज अमेरिकाकाे

शेयेर गर्नुहोस


मान बहादुर ठकुल्ला
टीकापुर ,
कैलालीको भजनी नगरपनलिका वडा न ८का विभिन्न समुदायका बाढीपीडितहरुलाई राहात स्वरुप नगद सहयाेग बितरण गरिएकाे छ ।गत श्रावण १४ गते अाएकाे बाढीबाट मृतकका परिवार सहित अन्य बाढीपीडित हरुलाई राहात स्वरुप नगद रकम बितरण गरएकाे हाे । भजनी नगरपालिका वडा न ८ का वडा अध्यक्ष पंकज चाैधरीले सुदुपश्चिमेली नेपाली समाज क्यालिफोर्निया यु एस ए ले गरेकाे सहयाेग रकम मृतकका परिवार सहित अन्य बाढीपीडित लाई एक कार्यक्रम का बिच हस्तान्तरण गर्नु भएकाे छ ।गत श्रावण १४गतेकाे बाढीमा ज्यान गुमाएका एजिकेल चाैधरी, चक्र बहादुर बिक,
ईश्वर शाही का परिवारलाई ५/ ५ हजारका दरले र अन्य १३ घरपरिवारलाई जनहि २/२ हजारका दरले राहात बितरण गरेकाे वडा अध्यक्ष पंकज चाैधरीले दिनु भएको छ ।बाढीबाट पुर्णरुपमा घरमा क्षति भएका स्यानु चाैधरी ,बाले ढाेली,दिलिप साउद ,तेज बहादुर साउद, लक्ष्मण चाैधरी,भुखाली चाैधरी ,पतिराम चाैधरी ,सतनारायण चाैधरी ,खगेन्द्र शाही , पार्वती शाही ,जया बहादुर कामी, सहबिर बिक र पुरन डगाैरालाई समेत जनहि २हजारका दरले नगद सहयाेग गरिएकाे वडा सदस्य कृष्ण धमालाले जानकारि दिनु भयाे । पत्रकार मान बहादुरकाे समन्वयमा सुदुपश्चिमेली नेपाली समाज क्यालिफोर्निया यु एस ए का अध्यक्ष करन चन्द, उपाध्यक्ष हेम बहादुर ठकुल्ला,उपाध्यक्ष खेमु रेग्मी ,महासचिव मनिराज न्याैपाने र बरिष्ठ सल्लाहाकार गणेश भट्टराई लगायतकाे टाेलीले सहयाेग गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *