शेयेर गर्नुहोस
समाधान समाचार ,
भजनी १४ असोज/ भजनी नगरपालिकामा १६ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल धनगढीमा भएको परिक्षणमा भजनी स्वस्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृतिसिंह बिकले जानकारी दिएका छन। स्वास्थ्य केन्द्रमा कार्यरत २१ जाना स्वास्थ्यकर्मिको स्वाब संकलन गरिएकोमा १६ जना मा कोरोना पोजेटिभ देखिएको भजनी शाखा प्रमुख बिकले बताए। उनले स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछी स्वास्थ्य केन्द्रलाई सिल गर्ने कि के गर्ने भन्ने छलफल भइरहेको बताउदै तत्कालका लागि सेवा बन्द गरिएको जानकारी दिए।