शेयेर गर्नुहोस
नानू काफ्ले, भजनी ११ असार/
भजनी नगरपालिकाको तेह्रौं नगर सभाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६४ करोड ८७ लाख ५ हजार बराबरको अनुमानित बजेट नगर सभामा पेश गरेको छ ।
नगरपालिकाकी नगर उपप्रमुख राजु तिरुवाले आगामी आर्थिक वर्षका लागि सो बजेट नगर सभामा पेश गरेकी हुन । उनले पेश गरेको बजेटमा चालू तर्फ ४२ करोड ७६ लाख छ भने पुँजीगत तर्फ २२ करोड ११ लाख ५ हजार बजेट विनियोजन भएको छ । नगरपालिकाले चालु तर्फको केन्द्र र वडामा १८ करोड बजेट छुट्याएको छ । त्यस्तै समपुरक कोष चालुतर्फ एक करोड ५० लाख, संघीय सरकारको शशर्त अनुदान चालू तर्फ २२ करोड २२ लाख गरी ४२ करोड ७६ लाख बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी पुँजीगत तर्फ नगरस्तरीय योजनामा तीन करोड ५० लाख, वडा स्तरीय योजनामा ७ करोड बजेट विनियोजन भएको छ ।
त्यस्तै संघिय सरकारको शशर्त अनुदानबाट एक करोड ८० लाख, संघिय सरकारको विशेष अनुदानबाट ५० लाख, नगरपालिकाको ५० प्रतिशत म्याचिङ्ग सहित संघिय सरकारको समपुरक अनुदानबाट एक करोड, प्रदेश सरकारको विशेष अनुदान ५० लाख , नगरपालिकाको ५० प्रतिशत म्याचिङ्ग सहित प्रदेश सरकारको समपुरक अनुदान एक करोड, नगर गौरवका योजना दुई करोड, दिगो विकास लक्ष्य कार्यान्वयन २० लाख २४ हजार, अल्याबाट विनियोजित योजना तथा कार्यक्रम ५० लाख र तालको पुरानो बक्यौताबाट ४ करोड १० लाख ८१ हजार गरी २२ करोड ११ लाख ५ हजार बजेट विनियोजन भएको छ ।