भजनी खानेपानीमा विवाद चुलियो

शेयेर गर्नुहोस


समाधान समाचार, भजनी १७ असोज /
कैलालीको भजनी खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थामा विवाद चुलिएको छ ।
यस अघि पनि आमो समयसम्म खानेपानी संस्थामा विवाद चुलिएपछी भजनी नगरपालिकाले आफ्नो मातहतमा लिएर खानेपानी संस्थालाई सञ्चालन गर्दै आएको थियो । पदाधिकारी चयनमा विवाद भएपछि करिब दुई वर्षभन्दा बढी समय नगरपालिकाकी नगर उपप्रमुखको नेतृत्वमा खानेपानी संस्थामा सञ्चालनमा रहेको थियो । अहिले संस्थाको नयाँ पदाधिकारी चयन भएको वर्षदिन पुगेको छैन । तर राजनीतिक आस्थाका कारण खानेपानीको विवाद उत्कर्शमामा पुग्ने देखिएको छ ।
अहिले चालू आर्थिक वर्षमा खानेपानी संस्थाको मर्मत सम्भार र पाइपलाइन विस्तारको कार्यक्रमका लागि नगरपालिकाले ६ लाख १२ हजार ३८ रुपैयाँ विनियोजन गरेकोमा उक्त बजेटको काम खानेपानी समितिलाई नदिएर काम सम्पन्न गर्नका लागि बाहिर अर्कै उपभोक्ता समिती गठन गरेपछि विवाद चुलिएको हो ।
भजनी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष रबिन थापाले योजनामा भजनी खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थालाई कार्यक्रम दिने भन्ने कुरा उल्लेख नभएको बताउँदै योजनामा भजनी खानेपानीको पाइप लाइन विस्तार र मर्मत सम्भारका लागि भन्दै बजेट विनियोजन भएकोले नै अर्को उपभोक्ता समिती गठन गरिएको बताउनुभयो । “नगरपालिकाले पनि उपभोक्ता समिती गठन गरेर काम गर्नु भनी वडालाई परिपत्र गरेको छ । हामिले त्यही परिपत्रलाई आधार मानेर खानेपानीको पाइपलाइन विस्तार र मर्मत सम्भारका लागि छुट्टै उपभोक्ता समिती गठन गरेका हौँ ।” वडा अध्यक्ष थापाले भन्नुभयो, ” वडाको भेला बोलाएर उपभोक्ता समिती गठन गरिएको छ । खानेपानी एक संस्था हो । त्यसका पदाधिकारीहरुले आयोजनाको काम आफुहरुले गर्न पाउनुपर्छ भनेन भन्न पाउँदैनन् ।”
उता खानेपानी संस्थाका अध्यक्ष नैनबहादुर चौधरीले खानेपानी संस्थामा एउटा उपभोक्ता समिती हुदाहुदै योजनाको लागि अर्को समिती गठन हुनु राम्रो नभएको बताउनुभएको छ । समिती निष्क्रिय भएको अवस्थामा समितीलाई कुनै जानकारी नै नदिएर राजनीतिक प्रतिशोधका आधारमा वडाले उपभोक्ता समिती गठन गरेको अध्यक्ष चौधरीको आरोप छ । “राजनीतिक पुर्वाग्रही ढंगले खानेपानी संस्थाका पदाधिकारीहरुलाई पन्छाएर आफू अनुकुल हुने गरि वडा अध्यक्षले उपभोक्ता समिती गठन गरेको सुन्नमा आएको छ । यदि त्यसो हो भने, वडा अध्यक्षको त्यो कार्यले उपभोक्ताहरुले चुनेर पठाएका हामिहरुको काम छैन भन्न खोजेको जस्तो देखियो ।” खानेपानी संस्थाका अध्यक्ष चौधरीले भन्नुभयो, “होइन भने, समिती अर्कै गठन गर्ने भएपनि खानेपानी संस्थालाई जानकारीसम्म भएपनि गराउनु पर्थ्यो । कुनै पनि जानकारी नगराएर उपभोक्ता समिती गठन हुनु भनेको त राजनीतिक पुर्वाग्रह भन्दा अरु के हुनसक्छ ?”
खानेपानीको अहिले करिब १ सय ५० घरधुरीले सेवा पाइरहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *