शेयेर गर्नुहोस
समाधान समाचार, भजनी १८ जेठ /
भजनी नगरपालिका नगर कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठवन्धनका विरुद्ध भजनीमा नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेले गठवन्धन बनाएको थियो ।
कार्यपालिकाको सदस्यहरुमा महिला तर्फ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार जैसरा कामी ओड, मनदेवी चौधरी, कृष्णकुमारी चौधरी, शान्तिकुमारी चौधरी, राजमति चौधरी निर्वाचित भएका छन् ।
दलित अल्पसंख्यक तर्फ नेकपा एमालेका प्रेमबहादुर चन्दारा, रामदेव राजी र नागरिक उन्मुक्ति पार्टीका गणेशकुमार विक विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भजनीमा मंगलबार निर्वाचन भएको हो । अब नगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेस प्रतिपक्षीमा रहने निश्चित भएको छ ।