भजनी नगरपालिकालाई साक्षर नगरपालिका घोषणा

शेयेर गर्नुहोस


समाधान समाचार, भजनी १९ असार /
भजनी नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ ।
नगरपालिका भित्रका १५ देखि ६० वर्ष उमेर समुहका ९७ प्रतिशत नागरिक साक्षर भएसँगै शनिबार एक कार्यक्रमको आयोजना गरि नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको हो । नगरपालिका भित्र रहेको ३ हजार ७ सय ३४ घरधुरीको सर्वेक्षणबाट सबै जना साक्षर भएको तथ्याङ्क अनुसार साक्षर नगरपालिका घोषणा गरिएको हो । २०६७ सालको सर्वेक्षण अनुसार नगरपालिकाभित्र निरक्षरता संख्या ११ हजार ७ सर २० रहेकोमा २०७१ साल सम्म विभिन्न स्थानमा साक्षता कक्षा संचालन भएको थियो । जुन साक्षरता कक्षाबाट १२ हजार २९ जना साक्षर बनेका थिए । यसका लागि नगरपालिकाले १ सय २५ स्थानमा साक्षरता कक्षा संचालन गरेको थियो ।
१५ देखि ६० वर्ष उमेर समुहले अक्षर चिन्न सक्ने साक्षरता दरबढे सँगै नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको हो । भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरीको अध्यक्षतमा भएको साक्षरता घोषणा कार्यक्रम सञ्चालन चन्द देव भट्टले गरेका थिए भने स्वागत प्रमुख प्रशासकीय अधिकृत सूर्य बहादुर सिंहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *