शेयेर गर्नुहोस
अर्जुन खत्री
भजनी ०१ भदौ /भजनी नगरपालिकाले विपत कोषमा ७५ लाख विनियोजन गरेको छ ।
नगरपालिकाभित्र आएको बाढीका कारण विस्थापित भएका बाढी पीडितलाई व्यवस्थापन गर्न खर्च हुने गरी उक्त रकम विनियोजन गरेको नगर प्रमुख शेरबहादुर चौधरीले बताएका छन् । उनले बाढीबाट प्रभावित भई अन्न, घर, आवश्यक सामाग्रीमा क्षति भएकाहरु लागि पहिलो चरणको राहत सम्बन्धित वडा मार्फत वितरण गरिसकेको जानकारी दिएका छन् । नगर प्रमुख चौधरीका अनुसार २ नं. वडामा पानी १ सय २० लिटर, त्रिपाल २ सय २० थान, हाइजेनिक किट १५ प्याकेट, मग १० थान, बाल्टिन १० थान, वाटर प्युरिमेडिसिन २० थान, तयारी किट १० थान, किचेन सेट १० थान, खाद्यान्न सामाग्री, डिग्निटी कीट ७५ थान वितरण भएको छ ।
वडा नं. ३ मा चाउचाउ १ सय ९९ पेटी, बिस्कुट ८० पेटी, चिउरा ६० किग्रा, चामल ६ सय २५ किग्रा, दाल १ सय ५० किग्रा, खाने तेल १ सय ५० लिटर, नुन ३ सय किग्रा, पानी ४ हजार २ सय २४ लिटर, त्रिपाल ३ सय ९८ थान, हाइजेनिक किट २ सय ७० थान, मग २ सय १० थान, बाल्टिन २ सय ४० थान, वाटर प्युरिफाई मेडिसन ३ सय थान, झुल ३ सय ६० थान, तयारी किट २० थान, सोलार ३० थान, किचेन सेट २५ थान र रेन कोट १ थान वितरण भएको छ ।
वडा नंं ५ मा चाउचाउ ३३ पेटी, बिस्कुट १ पेटी, चिउरा ६० किग्रा, चामल ४ सय २५ किग्रा, दाल १ सय २० किग्रा, खाने तेल ३४ लिटर, नुन १ सय किग्रा, साबुन १ सय २० पिस, पानी ७ सय ४४ लिटर, त्रिपाल २ सय ८१ थान, हौजेनिक किट १ सय २० थान, मग १ सय ५० थान, बाल्टिन १ सय ३० थान, ट्वाइलेट सिट १ थान, वाटर प्युरिफाई मेडिसिन १ सय थान, झुल १ सय ७१ थान, हाइजेनिक किट सानो ५९ थान, पि फर्म २० रोल, हाइजेनिक किट सानो ४४ प्याकेट डिग्निटी कीट ५५ थान वितरण गरिएको छ ।
वडा नं. ८ मा चाउचाउ ३ सय ३६ पेटी, बिस्कुट १ सय ९५ पेटी, चिउरा ७ सय ३० किग्रा, चामल ५ हजार ४० किग्रा, दाल ४ सय ५९ किग्रा, खाने तेल ४ सय ६ लिटर, नुन ७ सय ५६ किग्रा, साबुन ७ सय २० पिस, पानी ५ हजार ७ सय ५४ लिटर, त्रिपाल ६ सय १८ थान, हाइजेनिक किट ४ सय ५९ थान, मग ३ सय ५५ थान, बाल्टिन ३ सय ८४ थान, ट्वाइलेट सिट ९ थान, वाटर प्युरिफाई मेडिसिन ३ सय ६५ थान, जीवन जल १ सय पेटी, झुल ५ सय २३ थान, तयारी किट ५१ थान, सोलार २ थान, किचेन सेट १ सय ६ थान, पि फर्म २ रोललगायत सामाग्रीहरु वितरण गरिएको नगर प्रमुख चौधरीले बताएका छन् ।
यसैगरी, वडा नं. ६, ७ र ९ का बाढी पीडितहरुका लागि खर्च भएको तथ्याङ्क समेत नगरपालिकाले सार्वजनिक गरेको छ ।
उनले विभिन्न संघसंस्थाहरुले बाढी पीडित क्षेत्रमा गरेको सहयोगको तथ्याङ्क समेत सार्वजनिक भएको बताएका छन् । ‘यो विपतको घडीमा भएको सहयोग र सहकार्यका लागि सम्पूर्ण सहयोगीदाताहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।’ नगर प्रमुख चौधरीले भने, ‘सबैको साथ, सहयोग र सहकार्यले नै हामी बिपत्तीसँग लड्न सक्ने क्षमताको विकास हुन्छ ।’
नगर प्रमुख चौधरीले बाढी पीडितलाई सुरक्षित घर बनाउनेतर्फ आफूहरु लागिपरेको बताएका छन् । उनले भने, ‘उच्च भवन निर्माण गर्ने योजना पनि छ । जनताको लागत सहभागिता हुन्छ कि ? भनेर मुख्यमन्त्रीसँंग पनि छलफल चलाएका छौं ।’
संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा १ सय ५० र २ सय जनासम्म अटाउने उच्च भवन बनाउनु पर्नेमा प्रदेश सरकारसँग छलफल भएको बताउँदै नगर प्रमुख चौधरीले बाढी पीडित क्षेत्रलाई निर्धारण गरेर त्यो ठाउँको जनता– लाई आवश्यक पर्ने, आवतजाव गर्न सहज हुने र पुग्न सक्ने ठाउँ, टोल टोल छनौट गर्ने भनी छलफल भएको बताएका छन् ।