भानु जयन्तीको अवसरमा साहित्य कार्यक्रम

शेयेर गर्नुहोस


टीकापुर ३० असार /
२११ भानु जयन्ती बृहत साहित्यिक कार्यक्रम मार्फत शनिबार टीकापुरमा पनि मनाइएको छ ।
टीकापुर सामुदायिक पुस्तकालय, देवकोटा साहित्य कला परिवार र सुदुरपश्चिमाञ्चल साहित्य, संगित कला प्रतिष्ठानको संयुक्त आयोजनामा आदि कवि भानुभक्त आचार्यको स्मृतिमा २११ भानु जयन्ती मनाइएको हो । पुस्तकालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष जगन्नाथ प्रसाद रिमालको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक डा धनकृष्ण उपाध्यायले नेपाली साहित्यमा भानुभक्त आचार्यको नाम अग्र पंक्तिमा रहेको बताएका छन् । उनले नेपाली साहित्य क्षेत्रमा पुस्तान्तरणको आवश्यकता औलाएका छन् ।
कार्यक्रममा डा योगेन्द्र बजगाई, चक्रराज अधिकारी विशिष्ट अतिथि रहेका थिए । बृहत साहित्यिक कार्यक्रममा बोल्दै वीरेन्द्र बिद्यामन्दिर माद्यामिक बिधालय टीकापुरका प्रधानाध्यापक फणेन्द्रराज रेग्मीले भानुभक्तले आफुलाई आफू भनेर जिउन सिकाएर गएको बताएका छन् । उनले रामको गाथालाई नेपाली समाजमा छोडेर जाने मध्येका एक भानुभक्त आचार्य रहेको बताए । प्रधानाध्यापक रेग्मीले साहित्य सिर्जना गर्ने व्याक्ती आफ्ना लागि नभई अरुका लागि जन्मने गरेको बताएका छन् ।
कार्यक्रममा साहित्यकार बालकृष्ण खनाललाई “अछुत फुल” उपन्यास बजारमा ल्याएकोमा सम्मान गरिएको थियो । सम्मानका क्रममा साहित्यकार खनालले साहित्य क्षेत्रले समाजलाई एकताको सुत्रमा बाध्ने काम गरेको बताउँदै व्याक्तीलाई जिबन्त राख्ने काम पनि गरेको बताएका छन् । देवकोटा साहित्य कला परिवारका अध्यक्ष बलबहादुर रावलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सुदुरपश्चिमाञ्चल साहित्य संगित कला प्रतिष्ठानका सहसचिव नरबहादुर थापाले गरेका थिए । कार्यक्रममा सहभागी साहित्यकारहरुले विभिन्न विद्याका साहित्य वाचन समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *