भुललाई स्वास्थ्य खबर अवार्ड

शेयेर गर्नुहोस


टीकापुर २४ भदौ /
टीकापुर नगरपालिका वडा नं. ८ स्थित धनसिंहपुर स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक केबलसिंह भुललाई स्वास्थ्य खबर हेल्थ अवार्ड २०८० प्रदान गरिएको छ ।
शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नसर्ने रोगका कारण हुने मृत्यु न्यूनिकरणमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै स्वास्थ्यखबरले भुललाई अवार्ड प्रदान गरेको हो । धनसिंहपुर स्वास्थ्य चौकीलाई नमूना स्वास्थ्य चौकी बनाउन सार्कीले नेतृत्व गरिरहेका छन् । गत आर्थिक वर्षमा टीकापुर नगरपालिकामा धनसिंहपुर स्वास्थ्य चौकीलाई उत्कृष्ट स्वास्थ्य संस्था घोषित गरेको थियो ।
देशभरिका स्वास्थ्यकर्मीहरु मध्ये छनौट भएर प्राप्त भएको अवार्डले अझै जिम्मेवार बनाएको बताउँदै स्वास्थ्य निरीक्षक भुलले भने ‘निष्ठापूर्वक कर्तव्य पालना गर्दा पाएको सम्मानले खुशी पनि छु, जिम्मेवारी थपिएको बोध भइरहेको छ, मैले यसलाई अवसर र चुनौति दुबैका रुपमा लिएको छु ।’
भुलसहित स्वास्थ्यसँग सम्बन्धित दीगो विकास लक्ष्यका १० वटा विधामा १३ जनालाई प्रधानमन्त्री पुष्पकमल दाहालले अवार्ड प्रदान गरेका हुन् । स्वास्थ्य खबरले हरेक वर्ष दश विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ ।

ताजा खबर

भुकम्पका ठूलो धक्का

ऐंठनलाई मदन पुरस्कार

अब किस्तामा पनि धारा जडान हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *