भृकुटीको १३ औं वार्षिकोत्सब

शेयेर गर्नुहोस


टीकापुर १२ फागुन /
भृकुटी शिक्षा सदन टीकापुरकाे १३ओैं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएकाे छ ।
वार्षिकोत्सब कार्यक्रममा बिद्यालयका सासाना बालिकाकाे बाल प्रतिभा बाहिर ल्याउने उदेश्यले कक्षागत ,उमेरगत तथा भाषागत तरिकाले प्राय:धेरैजनाकाे सहभागिता हुनेगरि नृत्य तथा गायनका कार्यक्रमहरू प्रस्तुत गरिएका थिए ।बर्षकाे एकचाेटी हुने बिद्यालयका हरेक कार्यक्रममा आफ्नाे बच्चाकाे प्रस्तुतहाेस भन्ने सबै अभिभावककाे चाहना हुने गर्दछ । यस्तै बिद्यालयले आयाेजना गरेकाे खेलकुद तथा सास्कृतिक कार्यक्रममा भागलिई प्रथम द्वितीय तथा तृतियहुनेहरूलाई बिभिन्न अतिथिहरूले छात्र छात्राहरूलाई टीका लगाई पुरस्कार बितरण गरेका थिए ।
पुरस्कार बितरणकै क्रममा कार्यक्रमलाई सम्बाेधन गर्दै बिद्यालयका सञ्चालक भैरव रावलले अचिभावककाे सुझाव र सल्लाह अनुसार अगि बढेकाे बताउदै थप सुझाव सल्लाहककालागि अनुराेध गरेका छन् । कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिकाि अध्यक्ष रंग अधिकारीकाे अध्यक्षतामा भएकाे थियाे । कार्यक्रममा लेखापाल वसन्ति फुलाराले स्वागत गरेकी थिइन् भने कार्यक्रम सञ्चालन शिक्षिका करिस्मा सिंह र विद्यार्थी प्रितम काेलि,सम्झना चाैधरी र रीतिका बिकले गरेका थिए । भृकुटी शिक्षा सदनमा हाल कक्षा नर्सरीदेखि कक्षा आठ सम्म पढाईहुने आफ्नै भवन छ ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *