शेयेर गर्नुहोस
टीकापुर ०८ फागुन /
मञ्जुमोर्डन एकाडेमी टीकापुरको १९ औं वार्षिकोत्सब समारोह तथा अभिभावक दिवस सम्पन्न सोमबार सम्पन्न भएको छ ।
बिधालय व्यवस्थापन समितिका सदस्य उमाकान्त धमालाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिधालयका गुठियार प्रमुख सोमबहादुर शाही रहेका थिए । कार्यक्रममा प्याब्सनका कैलाली जिल्ला सचीव चेतराज देवकोटा, टीकापुर नगर अध्यक्ष मानबहादुर थापा, टीकापुर सामुदायिक पुस्तकालयका पुर्व अध्यक्ष उदयराम अधिकारी, समाजसेवी बुद्धि बहादुर शाह लगायतको सहभागिता रहेको थियो ।
वार्षिकोत्सब कार्यक्रममा बिधालयमा आयोजना गरिएका अतिरिक्त क्रियाकलापमा सहभागी भै उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो भने विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको बिधालयका प्रीन्सिपल देवेन्द्र बहादुर शाहले बताएका छन् । शाहले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक जगत परियारले गरेका थिए ।