शेयेर गर्नुहोस
भजनी ३० चैत /
मदरल्याण्ड इङलिस मेडियम स्कुकको १३ औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
बिधालयका संस्थापक खडक बुढाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भजनी नगरपालिकाकी नगर उपप्रमुख राजु तिरुवाले बिधालयले आयोजना गर्ने वार्षिकोत्सब तथा अभिभावक भेलाले अभिभावक र बिधालयका शिक्षकहरुको दुरी नजिक गर्ने भन्दै त्यसले बिद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा समेत प्रेरित गर्न सकिने बताएकी छन् । उनले बिधालयले शैक्षिक गुणस्तरमा विशेष ध्यान दिनुपर्ने भन्दै गुणस्तरसँगै बिद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि सहभागी गर्न सके त्यसले बिद्यार्थीहरुको क्षमतालाई झन विकास गर्न सक्ने बताइन् ।
बिधालयका संस्थापक बुढाले बिधालयले १३ वर्षको अवधिमा शैक्षिक ज्ञानसँगै अन्य बाह्य ज्ञानमा पनि बिद्यार्थीहरुलाई पोख्त बनाएको बताएका छन् । उनले अतिरिक्त क्रियाकलापमा अन्य बिधालयको तुलनामा मदरल्याण्ड उत्कृष्ट बिधालय भएको दाबी गरे । “हामीले भन्नुपर्ने कुरा केही छैन । सबै कुरा सबैका अगाडि प्रस्ट छ । स्थानीय देखि बाह्य रुपमा हुने प्रतियोगितामा पनि बिधालयले पछाडि फर्नेको स्थिति छैन ।” बुढा भन्छन् , “हाम्रो कर्तव्य बालबालिकालाई किताबको ज्ञानसँगै अन्य बाह्य सीप र क्षमताको विकास गर्ने पनि हो । जसमा हामी निकै जिम्मेवार भएर लागेका छौं ।”
स्कुलको सोही कार्यक्रम मार्फत शैक्षिकसत्र २०७९ को वार्षिक परिक्षाको अन्तिम नतिजा समेत सार्वजनिक गरिएको छ । स्कुलका बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए । स्कुलले आयोजना गरेका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । बिधालयका प्रीन्सिपल हरि प्रसाद चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्रीन्सिपल सिद्धराज जैशीले गरेका थिए ।