मन्त्रीद्वारा अस्पतालको अनुगमन

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १३ जेठ /
सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्द बोहराले शिक्षा र स्वस्थ्य विकासको मेरुदण्ड भएको बताएका छन् ।
बिहिवार कैलालीको टीकापुर अस्पतालको अनुगमनका क्रममा मन्त्री बोहराले अबको बजेट शिक्षा र स्वस्थ्यमा केन्द्रित हुनुपर्ने बताउँदै त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले केही परिमार्जन गर्ने गरि छलफल सुरु भएको बताउनुभएको छ । “कुनै सडक र संरचनागत विकास एक वर्ष ढिलो भएपनि केही फरक पर्दैन । तर शिक्षा र स्वस्थ्यमा एक दिन मात्रै ढिलो भयो भने त्यसबाट ठूलो क्षति हुनसक्छ ।” मन्त्री बोगराले भन्नुभयो, “त्यसैले पनि प्रदेश सरकारको नीति तथा कार्यक्रममा शिक्षा र स्वस्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछौं ।” उहाँले धनगढीको सेती प्रादेशिक अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल र टीकापुर अस्पताललाई विशेष प्राथमिकतामा राखेको बताउँदै बजेटको आधार हेरेर आवश्यक बजेटको व्यवस्थापन गरिने बताउनुभएको छ ।
प्रदेशका अधिकांश अस्पतालमा स्वस्थ्य उपकरणहरु भएपनि त्यसलाई प्रयोगमा ल्याउन सक्ने जनशक्ति नभएका कारण करोडौंका स्वस्थ्य उपकरण थन्किएको अवस्थामा प्रदेश सरकारले तत्काल जनशक्ति व्यवस्थापनमा ध्यान दिने मन्त्री बोहराले बताउनुभएको छ । “हामी कहाँ जनशक्तिको निकै अभाव छ । जनशक्ति उत्पादनमा प्रदेश सरकारले जोड दिन्छ ।” मन्त्री बोहराले भन्नुभयो, “अब भएका उपकरण प्रयोगमा ल्याउने जनशक्ति खोजौं । त्यसका लागि बजेट प्रदेश सरकारले व्यवस्था गर्छ । आवश्यक परे संघीय सरकारसँग पनि पहल गर्छ ।”
सोही अवसरमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले टीकापुर अस्पताल सेती प्रादेशिक अस्पताल पछिको सुदुरपश्चिमकै महत्त्वपूर्ण अस्पताल भएको बताउँदै अस्पतालको विकासका लागि लगानी गर्न कन्जुस्याइँ नगर्न आग्रह गरेका छन् । “यहाँ कैलालीको आधा स्थानीय पालिका, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबाट पनि बिरामीहरु उपचारका लागि आउने गरेका छन् । स्रोतसाधनका हिसाबले सम्पन्न भएपनि संरचनागत विकास र जनशक्तिको अभावका कारण अस्पतालको अवस्था फेरिन सकेको छैन ।” मन्त्री रावलले भने, “अब अस्पतालका लागि चाहिने जनशक्तिको विषयमा र भौतिक संरचनाको विषयमा मन्त्री ज्यु गम्भीर हुनुपर्छ । आउँदो बजेटमा अस्पतालको लागि आवश्यक बजेट विनियोजन हुनुपर्छ ।”
उनले अस्पताल विकास समितीलाई पनि मनपरि रुपमा संरचना नबनाउन आग्रह गर्दै डिपिआर बनाएर दीर्घकालीनसम्मका लागि सोचेर अगाडि बढ्न आग्रह गरेका छन् । सोही क्रममा अस्पताल विकास समितीका अध्यक्ष झपटबहादुर सोडारीले अस्पतालको आवश्यक विकासको लागि ज्ञापनपत्र समेत मन्त्री बोहरालाई बुझाएका छन् । ५१ शैयाको अस्पताल स्तरोन्नतिका लागि पहल गरिदिन, ५१ शैयाको अस्पतालको लागि चाहिने मापदण्डअनुसारको भवन निर्माण गर्न, स्वास्थ्यकर्मीहरुका लागि आवास भवन निर्माण गर्न, रिक्त दरबन्दीका कारण अस्पताल व्यवस्थापन समितिले हरेक वर्ष बेहोर्दै आएको तलब भत्ता बापत हुन आउने एक करोड रुपैयाँ व्यवस्थापन गरिदिनहुन, सिटिस्केन सेवा सञ्चालनका लागि आवश्यक बजेटको गरिदिन,ल्याप्रोसकोपी सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन, नाक, कान घाँटी रोगको विशेषज्ञ चिकित्सकको व्यवस्थापन गरिदिन ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *