मन्त्री रावल र प्रहरी महानिरीक्षक सिंहबीच भेटवार्ता

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १६ साउन/

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावल र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहबीच सोमबार भेटवार्ता भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मन्त्री रावल र महानिरीक्षक सिंहबीच भेटवार्ता भएको हो । भेटका क्रममा मन्त्री रावल र महानिरीक्षक सिंहबीच प्रदेशको शान्ति सुरक्षालगायत विविध विषयमा छलफल भएको बताइएको छ । भेटका क्रममा महानिरीक्षक सिंहले शान्ति सुरक्षाको विषयमा गम्भीर भएर कामकारबाहीमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश प्रहरी अस्पतालको उद्घाटन गर्न महानिरीक्षक सिंह धनगढी आएको समय पारेर मन्त्री रावल र सिंह बिच भेटवार्ता भएको थियो ।
भेटका क्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ सोडारी, प्रदेश सभा सदस्य अक्कल रावल, मालमती राना, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मोहनकुमार आचार्य र मन्त्रालयका सचिव कमलराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *