मन्त्री श्रेष्ठको निर्वाचनका बेला गरिएका वाचा पूरा गर्ने प्रतिवद्धता

शेयेर गर्नुहोस


टीकापुर १४ असोज /
भूमिसुधार तथा गरिवी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले मतदातासँग भेटघाट शुरु गर्नुभएको छ । उहाँले मतदाताको प्रतिक्रया र समस्या माग गर्न थाल्नुभएको बताइएको छ ।
भूमिसुधार तथा गरिवी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले निर्वाचनका बेला भोट माग्दै गर्दा यस क्षेत्रका जनतासंग गरिएका वाचा पूरा गर्दै जाने बताउनु भएको छ । यस क्षेत्रका जनताको एकएक भोटले गर्दा आफु विजयी भई जिम्मेवार पदमा पुगेकाले आफुले त्यतिबेला गरेका वाचा नविर्सने पनि बताउनुभयो ।
जनताको घरदैलो भेटघाट कार्यक्रम अन्र्तगत टीकापुर नगरपालिका वडा न. ३ शंकरपुरका नागरिकसंगको भेटघाट कार्यक्रममा सो कुरा बताउनु भएको हो । कार्यक्रममा प्रदेश सरकारका भूमि व्यावस्था, कृर्षि तथा सहकारी मन्त्री कैलाश चौधरीले नागरिकको अर्थलाई सुधार गर्न व्यावसायिक कर्षिमा जोड दिनुपर्ने बताउनु भयो । उहांले जव सम्म कृर्षिमा व्यावसायिकता र आधुनिकता आउदैन तव सम्म देशको अर्थ तन्त्रमा सुधार नहुनेमा जोड दिदै प्रदेश सरकारको कृषि सम्बन्धी थुप्रै कार्यक्रम ल्याएको हुंदा आफुले गर्ने कृर्षि कर्म सम्बन्धी निवेदन दिई प्रदेश सरकारको कृर्षि कार्यक्रममबाट उपलब्धी लिन सकिने जानकारी दिनुभयो ।
टीकापुर नगरपालिका वडा न. ३ शंकरपुरका पूर्व वडघर तथा समाज सेवि मोहन विकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका भूमिसुधार तथा गरिवी निवारण मन्त्री रञ्जीता श्रेष्ठ चौधरी प्रमुख अतिथि रहनु भएको थियो । भेटघाट कार्यक्रममा गाउको तर्फबाट गणेश विकले माग पत्र प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *