शेयेर गर्नुहोस
टीकापुर २६ भदौ /
महालक्ष्मी गार्मेन्ट टीकापुरले आठौं बार्षिकउत्सव तथा तिज मिलन कार्यक्रम मनाएकाे छ ।
टीकापुर नगरपालिका उप प्रमुख खडक बहादुर शाहले महालक्ष्मी गार्मेन्टले सेवालाई व्यवसायमा जाेडेर महत्वपुर्ण काम गरेकाे बताउँदै बेरोजगार बढीरहेकाे अबस्थामा ६० जना जति जनालाई स्वरोजगार प्रदान गरी गुणस्तरिय सेवा प्रदान गर्ने गरेकाे बताएका छन् । उनले स्थानिय स्तरमा सामान उत्पादनले पुँजी बाहिर जानबाट राेकिएकाे बताएका छन् ।
समाजसेवी नवराज रावलले बिगतमा टीकापुर बिकास समितिले आैाद्याेगिक क्षत्रकाे अबधारण ल्याएकाे बताउँदै निश्चित अबधिसम्मका लागि लिजमा उद्याेग खाेल्न दिनुपर्ने बताएका छन् । टीकापुर उद्याेग वाणिज्य संघका निवर्तमान अध्यक्ष राम बहादुर भण्डारीले टीकापुरका केही गराै भन्ने सकारात्मक साेच भएका युवाहरू यस गार्मेन्टकाे ग्रुपमा जाेडिएकाे बताउँदै यसले समाजमा सकारात्मक सन्देश गएकाे बताएका छन् । कार्यक्रमा कर्णाली माध्यमिक बिधालयका प्रधानाध्यापक धर्मराज शर्माले महालक्ष्मि गार्मेन्टले स्थानिय स्तरमै गरणस्तरिय सेवा प्रदान गरेकाे बताए ।
प्याब्सनका टीकापुर नगर अध्यक्ष मान बहादुर थापाले गार्मेन्टकाे प्रगतिकाे कामना गर्दै शुभ कामना ब्यक्त गरेका थिए । कार्यक्रममा स्वागत गार्मेन्टका सञ्चालक प्रकाश तिमिल्सैनाले गरेका थिए भने कार्यक्रममा धन्यबाद ज्ञापन अर्का सञ्चालक चक्र चन्द शाेडारीले गरेका थिए ।