महोत्सवको आयव्यय सार्वजनिक

शेयेर गर्नुहोस


टीकापुर २१ जेठ /
टीकापुर उद्योग बाणिज्य संघले टीकापुर महोत्सवको आयव्याय सार्वजनिक गरेको छ ।
गएको माघ ४ गतेदेखि १४ गतेसम्म भएको टीकापुर महोत्सवको चार महिनापछि शनिबार पत्रकार सम्मेलन गरी आयव्याय सार्वजनिक गरेको हो । महोत्सवमा ९२ लाख, २१ हजार, ३ सय २५ रुपैयाको कारोबार भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । महोत्सवमा साधारण टिकट बिक्रीबाट ४८ लाख ६ हजार ९०, सिजनल टिकटबाट तीन लाख ८६ हजार एक सय, रमाइलो मेलाबाट ६ लाख बराबर आय भएको कार्यवाहक अध्यक्षले जानकारी दिएका छन् ।
त्यस्तै स्टल बिक्रीबाट ९ लाख २१ हजार ८ सय ५०, ब्यानरबाट ३ लाख ५४ हजार ६ सय ९९, टाइटल प्रायोजक ४ लाख, परिसर २ लाख ६४ हजार ५ सय, विभिन्न आयोजक ५ लाख ४९ हजार ३ सय ३९, सहप्रायोजकबाट ३ लाख १४ हजार ५ सय आम्दानी भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
त्यस्तै खर्चतर्फ महोत्सवमा आएका कलाकारको पारिश्रमिकमा १५ लाख ८८ हजार एक सय ६७ रुपैयाँ, टेण्ट साउण्डमा ९ लाख ३३ हजार, मसलन्द छपाईमा ५ लाख ६८ हजार ५ सय ९६, अतिथि भोजन ५ लाख २७ हजार ७ सय १७, यातायात ५ लाख २४ हजार ५ सय २२, सुरक्षा खर्च ४ लाख ६२ हजार ७ सय २९ रुपैयाँ खर्च भएको छ ।
पत्रकार सम्मेलनमा संघले ८ लाख रुपैयाँ उठाउन बाँकी रहेको र एक लाख ७१ हजार एक सय २२ रुपैया तिर्न बाँकी रहेको देखाइएको छ भने ५८ हजार सात २१ रुपैया पेश्की फर्च्युट हुन बाँकी रहेको जानकारी गराएको छ । उद्योग बाणिज्य संघका अनुसार महोत्सवको कारोबारबाट खर्च कटौती गरेर अहिलेसम्म १६ लाख ५९ हजार ९ सय १४ रुपैया बैंक मौजाद रहेको छ ।
आय व्याय सार्वजनिक टीकापुर उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष सन्तोष खड्काले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *