माओवादी केन्द्रको वडा अधिवेशन सुरु

शेयेर गर्नुहोस


खेमराज पाण्डे, भजनी ०५ मंसिर / बिहिवारदेखि पार्टीका वडा अधिवेशन सुरु गरेको छ । त्यसै क्रममा कैलालीका बिभिन्न स्थानीय तहका वडाहरुमा पनि वडा अधिवेशन भइरहेको केन्द्रिय निर्वाचन सदस्य हरि श्रीपाइली वताएका छन। मंसिर ४गते शनिबार भजनी र जोशीपुरका सबै वडामा नेतृत्व चयन भएका छन्।भजनी नगरपालिकामा अधिवेशनबाट वडा नम्बर १ मा जनकबहादुर विक, २ मा धनबहादुर चौधरी, ३ मा गोविन्दबहादुर चौधरी, ४ मा राजकुमार चौधरी, ५ मा तेजबहादुर साउँद, ६ मा सुमित्रा चौधरी, ७ मा फूलराम कठरीया, ८ मा पर्शु लामा र वडा नम्बर ९ मा गणेश थापामगर वडा कमिटि अध्यक्षका साथै २९जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।सुदुरपश्चिम प्रदेशका ८८वटा गाउँपालिका र नगरपालिका सम्पुर्ण वडाहरू सभ्यभव्य तरिकाले वडा सम्मेलन सम्पन्न भएको केन्द्रिय निर्वाचन कमिटीका सदस्य हरि श्रीपाइली वताए। त्यसै गरीजोशीपुर गाउपालिकाका वडा नं १ मा मानबहादुर चौधरी, वडा नं २ मा जुगलाल चौधरी, वडा नं ३ मा ओमप्रकाश चौधरी, वडा नं ४ मा तुलाराम चौधरी, वडा नं ५ मा रामचन्द्र चौधरी, वडा नं ६ मा भोजराज चौधरी र वडा नं ७ मा विहारीलाल चौधरीको वडाध्यक्ष रहेका कमिटि चयन भएका पत्रकार पदम बोहराले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *