मुख्यमन्त्री सोडारीले गरे कान्द्रा अवलोकन

शेयेर गर्नुहोस


खेमराज पाण्डे, भजनी १० साउन /
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मंगलबार भजनीमा बाढीको कहर ल्याउने कान्द्रा नदीले यसवर्ष गरेको क्षतिको स्थलगत अवलोकन गरेका छन् ।
नदी नियन्त्रण भएर वर्षौंदेखिको पीडा भुल्ने प्रतीक्षामा रहेका भजनीका नागरिकहरूलाई एकातिर मुख्यमन्त्री कान्द्रा नदीको अवलोकनमा आउँदा एकातिर आशा जगायो भने अर्कोतिर अल्पमतमा परेर परिसकेका मुख्यमन्त्रीले दिएका आश्वासन पूरा हुनेमा शंका जगायो । नदीले गरेको कटानको अवलोकनका क्रममा उनले प्रदेश सरकारले भजनीमा वर्षौंदेखिको बाढीको जोखिमलाई न्यूनीकरणका लागि नागरिकहरूलाई आश्वासन बाड्न भ्याए । त्यो आश्वासन आफैबाट पूरा हुने वा आउने प्रदेश सरकारले पूरा गर्ने भन्ने कुरा खुलाएनन् । “हामी जनताको भावनाअनुरूप काम गर्नका लागि लागिरहेका छौँ । जनतामा आशा र विश्वास जगाउने गरी प्रदेश सरकारले गर्छ ।” उनले भने, “भजनीलाई बाढी र डुवानको जोखिमबाट मुक्त गर्नका लागि प्रदेश सरकार गम्भीर भएर काम गर्छ ।”
मुख्यमन्त्री सोडारीले यति कुरा गरिरहँदा नागरिकहरु भने अलमलमा परे । स्थानीय पदमराज काफ्लेले आश्वासन जतिले दिए पनि काम गर्ने जागर कसैमा नरहेको बताए । हिजो आएकाहरुले जुन आश्वासन दिनुहुन्थ्यो, त्यहीँ आश्वासन मुख्यमन्त्री सोडारीले पनि दिनुभयो ।” उनले भने, “हाम्रो पीडा जस्ताको त्यस्तै छ । जुन कुरा पूरा हुँदैन त्यहीँ आश्वासन पाउँदा कसरी विश्वास गर्नु ?” जोसुकै आए पनि जस्तोसुकै आश्वासन दिए पनि भजनी पिडाबाट उम्कन नसक्ने स्थानीयको बुझाई छ ।
साथै सोही दिन भजनी नगरपालिका वडा न.५ बेलाहा स्थित श्री मा शक्तिस्वरुपा देवी आश्रममा निर्माण गरिएको दुर्गा मन्दिरको एक कार्यक्रमकाबीच मुख्यमन्त्री सोडारीले उद्घाटन गरेका थिए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *