मोति जयन्तीको अवसरमा साहित्य कार्यक्रम

शेयेर गर्नुहोस


टीकापुर १८ भदौ /
टीकापुर सामुदायिक पुस्तकालयको आयोजनामा युवा कवि मोतीराम भट्ट को १५९ औं जन्मजयन्तीको अवसर पारेर साहित्य वाचन कार्यक्रम सम्पन्न भएको छ ।
पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल सामुदायिक पुस्तकालय संघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष पुष्पराज जोशीले नेपाली साहित्यमा कवि मोतीराम भट्टको भुमिका अतुलनीय रहेको बताएका छन् । उनले नेपाली साहित्यलाई उचाईमा पुर्याउने कार्यमा भट्टको योगदानको प्रशंसा समेत गरेका छन् ।
टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख नेरेश अवस्थी, टीकापुर बहिमुखी क्याम्पसका प्राध्यापक डा धनकृष्ण उपाध्याय, बीरेन्द्र बिद्या मन्दिर माध्यामिक बिधालय टीकापुरका सहायक प्रधानाध्यापक डा योगेन्द्र बजगाई, बिरेन्द्र विद्या मन्दिर क्याम्पसका प्राध्यापक डा चक्र प्रसाद अधिकारी कार्यक्रमको विशिष्ट अतिथि रहेका थिए ।
टीकापुर क्षेत्रका साहित्यारहरु, विद्यार्थी लगायतको सहभागीता रहेको कार्यक्रममा २९ जना साहित्यकारहरुले साहित्य वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन सचीव देवेन्द्र शाहले गरेका थिए ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *