युवाहरुले गरे खाद्यान्न सहयोग

शेयेर गर्नुहोस


गणेश क्षेत्री, टीकापुर ३१ साउन /
टीकापुर नगरपालिका वडान ७ मा युवा सन्जाल सत्ती का युवाहरुले आर्थिक स्थिति निकै कमजोर भएको परिवार लाई सहयोग गरेको छ
२९ बर्षको रितु पुन र नाबालक लाई दाल , चामल नुन लगायतका खाध्यान्न ४ हजार ५ सय बराबरको सहयोग गरेको युवा सन्जाल सत्तिका उपाध्यक्ष महेश रावल ले बताउनुभयो
जीवन निकै कष्टकर भएकोले केही राहत होस भनेर मानबियता को हिसाब ले सहयोग गरेको रावल को भनाइ थियो
खाध्यान्न पर्याप्त त नहोला तर हामिहरु अझै सक्दो सहयोग गर्ने मानसिकता मा रहेको छौ ! सबैले सहयोग गरिदिएर मानबता देखाइदिन पनि अनुरोध गर्दछौ सन्जालका अध्यक्ष सन्तोष नेपाली ले भन्नुभयो
सन्जालका सचिब कृत ठकुल्ला ले महिलाको श्रीमान सम्पर्क बिहिन भएको र बच्चा पनि नाबालक भएको र समस्याग्रस्त भएकोले पनि सहयोग को निरन्तरता गर्ने योजना रहेको बताउनुभयो । सचिब ठकुल्लाले यहि शनिबार ४ गते रक्तदान को कार्यक्रम रहेको र सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो
टीकापुर नगरपालिका वडान ७ युवा सन्जाल सत्ती को स्थापना भएको २ महिना मात्रै भएको छ । तर स्थापनाको छोटाे समयमै आर्थिक अभावमा उपचार गर्न असमर्थ क्यान्सर रोगले पिडित समीर चौधरी को उपचार को लागि आर्थिक सहयोग , बाटाेको सरसफाइ र अहिले बिपन्न बर्गको परिवार लाई खाध्यान्न सहयोग गरेर उदाहरणिय कार्य गरेको स्थानीय सनत श्रेष्ठले बताउनुभयो

ताजा खबर

चार वर्षमा सकिएन ५५ मिटर सडक

जेष्ठनागरिकहरूलाई सम्मान

सिकलसेल केन्द्र सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *