युवा संघको अध्यक्षमा थापा चयन

शेयेर गर्नुहोस


टीकापुर १८ चैत /
नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको कैलाली अध्यक्षमा लक्ष्मण थापा चयन भएका छन् ।
शुक्रबारदेखि सञ्चालन भएको युवा संघको ९औं जिल्ला अधिवेशनबाट अध्यक्षमा थापा सर्वसम्मत चयन भएका हुन् । अधिवेशनले संघको उपाध्यक्षमा डेविट खड्का, सचिवमा अनन्त बोहरा, सह-सचिवद्वय केशर बोगटी र छत्र बुढा र कोषाध्यक्षमा कल्पना ओझालाई चयन गरेको छ ।
जिल्ला अध्यक्षमा निर्वाचित अध्यक्ष थापाले पार्टीको निर्देशन र संघले दिएको अधिकार अनुसार युवा संघलाई सशक्त बनाई अघि बढ्ने बताए प्रतिबद्धता व्यक्त गरेका छन् । ‘सबै साथीहरु, अग्रजहरु, नेताहरुले जसरी हामीलाई नेतृत्व प्रदान गर्नुभएको छ । त्यो भुमिकाबाट कतै पनि डगमगाउने छैन ।” अध्यक्ष थापाले भने, “जिल्लाका अधिकांश युवाहरुको रोजाई युवा संघ बनाउने गरी हामी काम गर्नेछौं । त्यसमा लागि पार्टी र माथिल्लो नेतृत्वबाट पनि सहयोग र समन्वयको अपेक्षा राखेका छौं ।”
सम्पन्न जिल्ला अधिवेशनले ५९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *