राँका टु” सार्वजनिक

शेयेर गर्नुहोस


टीकापुर १८ असोज /
एबी फिल्मसको ब्यानरमा निर्माण भएको छोटो दुरीको चलचित्र “राँका टु” को एक कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माण पक्षले बिहिवार च्यारेटी सो मार्फत उद्घाटन गरेको छ ।
एबी फिल्मसका अध्यक्ष सचिन गुरुङको अध्यक्षतामा भएको भएको च्यारेटी सोमा कलाकार नवराज रिमालले चलचित्र तथा कलाकारिताले समाजमा घटेका यथार्थ घटनाहरूलाई चित्रण गर्ने काम गर्दै आएको बताउँदै चलचित्र समाजको ऐना भएको उल्लेख गरेका छन् । “समाजको यथार्थ घटनालाई चलचित्रले कथा मार्फत चित्रण गर्ने काम गरेको हुन्छ । जुन कुराले समाजमा सामाजिक सद्भावका साथै सचेतना फैलाउने काम पनि गरेको हुन्छ ।” उनले भने ।
राजेश तुलाचनको निर्देशनमा बनेको छोटो दुरीको चलचित्र राँका टु को निर्माण अजय थापाले गरेका छन् । समाजको वर्तमान अवस्थामा चित्रण गर्न खोजेको चलचित्रले मौलाउँदै गएको लागुऔषध दुर्यसनी, चोरी तस्करीका घटनालाई प्रमुख विषयवस्तु बनाएको छ । चलचित्रको छायांकन टीकापुर र बर्दगोरिया क्षेत्रमा भएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा अजय थापा, विशाल तुलाचन, सचिन गुरुङ, हितेश ताम्राकार, कृष्ण भण्डारी, भुमी ओझा, कमल कुँवर, बलबहादुर विष्ट, रवि जनाला, नरेन्द्र साउँद, सुनिल टमट्टा, मुकुन्द जिसी लगायले अभिनय गरेका छन् ।
यसभन्दा पहिले छोटो दुरीको चलचित्र राँका सार्वजनिक गरिसकेको निर्माण पक्षले त्यसको निरन्तरता राँका टु ल्याएको बताइएको छ । दशै अगाडि नै एबी फिल्मसको अफिसियल युटुब च्यानलबाट चलचित्र सार्वजनिक गर्ने बताएको छ । कार्यक्रमको सञ्चालन धनबहादुर बुढामगरले गरेका थिए । च्यारेटी सोमा सहभागीले चलचित्र समय सान्दर्भिक बनेको प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *