शेयेर गर्नुहोस
भजनी १८ साउन /
देशमा भ्रष्टाचारको जालो निकै भयानक छ भन्ने कुरा कुनै नौलो होइन ।
उसो त विभिन्न तथ्यांकहरुहरु हेर्दा पनि नेपालले भ्रष्टाचारका घटनामा निकै फड्को मारिसकेको छ । त्यसमा पनि भ्रष्टाचार निवारण गर्ने प्रतिबद्धता व्यक्त गरेका राजनीतिक दलको नेतृत्व नै भ्रष्टाचारमा लिप्त भएको देखिन्छ । त्यसबाट नयाँ देखि पुराना सबैको उद्देश्य एउटै छ, जसरी पनि लुट्ने । यस्ता घटनाहरू पटकपटक आउने र सेलाउने पनि गरेको पाइन्छ । तर, पछिल्लो समय जनताको माझमा लोकप्रियता कमाउन लागेको पार्टी अझै भनौ पहिलोपटक स्थानीय तहदेखि प्रदेश र संघमा प्रतिनिधित्व जनाइरहेको पार्टी नागरिक उन्मुक्ति पार्टीका जिम्मेवार व्याक्तिहरुको पनि राजनीति गरेर पैसा कमाउने उद्देश्य भन्दा अरु केही नरहेको स्पष्ट हुँदै गएको छ ।
पछिल्लो पटक सुदुरपश्चिम प्रदेश सरकारका पुर्व आर्थिक मामिला तथा योजना मन्त्री घनश्याम चौधरीका स्वकीय सचिवको जिम्मेवारी निर्वाह गरिसकेका व्याक्ती नै नागरिकहरूलाई ठ्गेर पैसा असुल्ने धन्दामा लागेको पाइएको छ । उनले आफैले २२ जना किसानहरूसँग पैसा असुल गरेको र अहिले भनेअनुसार नहुँदा सबैको पैसा तिर्ने तमसुकमा सहीछाप गरेका छन् । चौधरीले कैलारी गाउँपालिकाका किसानहरूलाई सुरो नामक गैरसरकारी संस्थाको समन्वयमा कृषि उपकरण पावर टिलर उपलब्ध गराइदिने भन्दै प्रती किसान एक लाख २० हजारका दरले २६ लाख ४० हजार रुपैयाँ लिएको गाउँपालिकाको रोहबरमा बनेको तमसुकबाट बुझ्न सकिन्छ ।
असार मसान्तभित्र पावर टिलर उपलब्ध गराउने शंकरको प्रतिबद्धता पूरा नहुँदा किसानहरूले आफ्नो पैसा फिर्ताको लागि ताकेता गर्दा नपाएपछि गाउँपालिकाको सहयोगमा साउन २२ गतेभित्र सबै रकम फिर्ता गर्नेगरी तमसुकमा पैसा लगेको भनिएका शंकरले सहीछाप गरेका छन् । तर त्यहीँ तमसुकमा सहीछाप गर्ने शंकरको बोली फेरिएको छ । उनले गाउँपालिकाका अध्यक्ष रामसमच चाेैधरीको दबाबमा सहीछाप गरेको प्रतिक्रिया दिए ।
“मैले कुनै किसानसँग पैसा लिएको छैन । हो किसानसँग सहजीकरणको काम गरेको हो ।” उनले भने, “गाउँपालिकाको अध्यक्षले प्रहरीको बीचमा राखेर दबाबमा सहीछाप गर्न लगाएका हुन ।” उनले प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर गाउँपालिकामा प्रहरीको दबाबमा राखेर सहीछाप गर्न बाध्य पारिएको बताएका छन् । उनले आफुले पैसा नतिर्ने बताए । पुर्व मन्त्री चौधरी मन्त्री हुँदा आफू स्वकीय सचीवको जिम्मेवारीमा रहेको बताउँदै अहिले नरहेको बताएका छन् ।
उता गाउँपालिका अध्यक्ष रामसमच चाेैधरी भने पिडित किसानहरूको छलफल कार्यक्रममै प्रती किसान एक लाख २० हजारका दरले लिएको शंकरले स्वीकार गरेको बताएका छन् । “किसानहरूको अगाडि पैसा लिएको र फिर्ता गर्ने भनेपछि तमसुक बनेको हो । तमसुक बनाउँदा कोहि प्रहरी त्यहाँ थिएन । हो ट्राफिक प्रहरीका हवल्दार अरु कामले गाउँपालिका आएका थिए । उनी त्यो छलफलमा थिएनन् ।” उनले प्रमुख जिल्ला अधिकारीको कुरामा गाउँमा कुनै व्यक्ती, समुहले अनावश्यक रुपमा स्थानीयसँग पैसा उठाएको खबर आएपछि त्यो कार्यलाई रोक्न भन्दै फोन गरेको बताएका छन् ।