रिपब्लिकको अभिभावक दिवस कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर २१ माघ /
रिपब्लिक एकेडेमी सार्वजनिक शैक्षिक गुठीले सरस्वती पुजाको अवसरमा पुरस्कार वितरण तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ ।
सार्वजनिक शैक्षिक गुठीका अध्यक्ष बालकृष्ण चौधरीले टीकापुर क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको रिपब्लिक एकेडेमीले आर्थिक अवस्था कम्जोर भएका परिवारका बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको बताएका छन् । उनले शैक्षिक गुणस्तरका विषयमा कतै नचुक्ने बताउँदै बिधालयलाई अझै व्यवस्थित र सबल बनाउन अभिभावकहरुको रचनात्मक सुझावको खाचो औल्याएका छन् ।
कार्यक्रममा बिधालयका प्रीन्सिपल अमित कुमार चौधरीले अभिभावकहरुको विश्वास अनि शिक्षकहरुको लगनशीलताले बिधालयले राम्रो गर्दै आएको बताएका छन् । उनले बिधालय तथा विद्यार्थीहरुको क्षमतालाई कसरी प्रस्फुटन गर्न सकिन्छ भन्ने तिर आफुहरुले सक्दो प्रयास गर्दै आएको भन्दै सबै पक्षबाट सहयोगको अपेक्षा पनि गरेका छन् । उनले बिद्यार्थीहरुलाई बालमैत्री वातावरणमा अध्यापन गरिँदै आएको बताएका छन् ।
अभिभावक दिवसको अवसरमा सार्वजनिक शैक्षिक गुठीका संस्थापक सदस्य सुर्यचन्द्र भट्टराईले सर्वसुलभ शुल्कमा बिधालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । बिधालयको आन्तरिक परिक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । साथै विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक चन्द्रकान्त अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *