“रैबार टीकापुरका” लोकार्पण

शेयेर गर्नुहोस


टीकापुर ०१ कार्तिक /
२०७९ मा आयोजना भएको टीकापुर साहित्य महोत्सवमा वाचन भएका १५ गजलकारहरुका ७५ गजल समेटिएको “रैबार टीकापुरका” गजलसंग्रहको बुधबार एक कार्यक्रमको आयोजना गर्दै लोकार्पण गरिएको छ ।
गगन फाउण्डेशनले प्रकाशनमा ल्याएको उक्त गजलसंग्रहको वरिष्ठ गजलकार श्रेष्ठ प्रिया पत्थरले लोकार्पण गरेकी हुन । सुदूरपश्चिम प्राज्ञ प्रतिष्ठानको गठन प्रक्रिया गलत भएको श्रेष्ठले बताएकी छन् । ‘समग्र सुदूरपश्चिमको कला, साहित्य क्षेत्रको विकासका लागि भन्दै गठन भएको प्राज्ञ प्रतिष्ठानमा कुलपति मुख्यमन्त्री, सहकुलपति सामाजिक विकास मन्त्री रहने व्यवस्था राखिएको प्राज्ञ प्रतिष्ठानमा साहित्यकारको भूमिका के हो ?’ प्रश्न गर्दै श्रेष्ठले भनिन् ‘साहित्य, कला क्षेत्रको विकासका लागि काम गरिरहेका अग्रजहरुको भूमिकालाई प्रदेश सरकारले ख्याल गर्न सकेन, त्यो व्यवस्था सच्याउनका लागि मैले अनुरोध गरिरहेको छु ।कार्यक्रममा बोल्दै श्रेष्ठले टीकापुरको माटोले जन्माएका थुप्रै साहित्यकारहरुले टीकापुरलाई सिर्जनशील बनाउने मद्दत गरिरहेको बताइन् ।
संग्रहमाथि टिप्पणी गर्दै टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक डाक्टर धनकृष्ण उपाध्यायले साहित्यिक कार्यक्रममा बाचन गरिएका १५ श्रष्टाका गजलहरुको संग्रह नै प्रकाशित हुनु आफैमा सुखद् अनुभूति रहेको बताए ।
टीकापुर साहित्य समाजको आयोजनामा भएको टीकापुर साहित्य महोत्सवमा चक्रराज जोशी, दिक्पाल धौलारी, अंकर अञ्जान सहयात्री, लोकेन्द्र बोहरा परिवर्तन, हरिप्रसाद भण्डारी, गिता स्मृति कठायत, सिर्जन श्री, तपेन्द्र घोडासैनी, डिल्लीराज ओझा समर्पण, पहल असीम, धिरेन अनुपम, हर्क विष्ट, आशासाँकी बलायर, विस्ना कुमरी बिसी (सपना) र विनोद थपाका पाँच पाँच गजल संग्रहमा समेटिएका छन् ।
गगन फाउण्डेशनका संस्थापक हिक्मत थापाको अध्यक्षतामा भएको उक्त गजलसंग्रको लोकार्पण कार्यक्रममा थुप्रै साहित्यकारहरूले रचना वाचन समेत गरेका थिए । टीकापुर साहित्य समाजका सचीव बाबू देवकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन परमानन्द पाण्डेले गरेका थिए । प्रत्येक वर्ष टीकापुरमा साहित्य महोत्सव आयोजना गर्ने हुटहुटीका साथ स्थापना भएको टीकापुर साहित्य समाजले पहिलो वर्ष महोत्सव आयोजना गर्न सफल भए पनि त्यसलाई निरन्तरता दिन सकेको छैन । विविध कारणले महोत्सव सञ्चालन गर्न नसकिएको समाजले बताए पनि बर्सेनि महोत्सव आयोजना गर्ने बताउने समाजले दोस्रो वर्ष महोत्सव सञ्चालन गर्न नसक्नुको पछाडिको आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *