लक्ष्मी नारायणको १५ औं साधारण सभा

शेयेर गर्नुहोस


लक्ष्मण विक, टीकापुर १५ पुस /
श्री लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नारायणपुरको १५ अाैं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
सहकारी संस्थाको साधारण सभामा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगाैरा थारुले टीकापुर नगरपालिका भित्र करिब ७७ वटा सहकारी रहेको बताउँदै केही सहकारी मात्र चालु रहेको बताएका छन् । उनले टीकापुर नगरपालिकाको वडा नं. ६, ७ का सहकारी संस्था अन्य सहकारी संस्था भन्दा धनी संस्था रहेको बताएका छन् । वार्षिक खर्च कटाएर करिब ६२ लाख मुनाफा आर्जन गर्नु सानो मुनाफा नरहेको बताउँदै यसको सबै श्रेय शेयर सदस्यहरुमा जाने समेत बताएका छन् ।
“सहकारीको मेरुदण्ड शेयर सदस्य हुन, उहाँहरुलाई माथि उकास्नु सहकारीको जिम्मेवारी हो ।” नगर प्रमुख थारु भन्छन्, “यदि कुनै पनि सहकारी संस्थाहरूमा शेयर सदस्य छैनन् भने त्यो संस्था कहिल्यै माथि उठ्न सक्दैन ।” उनले सहकारी संस्थाको सबै भन्दा महत्वपूर्ण गहना भनेको इमानदारीता रहेको बताउँदै सहकारी आफैमा घर भएको र सहकारीमा इमानदारीता सदैव उच्च राख्नु पर्ने समेत बताएका छन् । “टीकापुरको विकासका लागि सकारात्मक सोचको कमि मात्रै हो, बाँकी टीकापुर नगरपालिका धेरै कुरामा सबल छ ।” उनले भने, “साथै सहकारी संस्था असफल भएको खण्डमा त्यसको प्रत्यक्ष असर सहकारीका शेयर धनीहरुमा पर्नेछ ।”
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्याैपानेले सहकारी संस्थाको मुख्य मुरुदण्ड भनेकै सहकारी संस्थाका शेयर सदस्य रहेको बताउँदै शेयर सदस्यहरुको जीवनस्तर माथि उकास्न जरुरी रहेको बताएका छन् । उनले समुदायको आर्थिक गतिविधिलाई चालायमान गराउन सहकारी संस्थाहरुले सहज वातावरण सिर्जना गरेको भन्दै ग्रामीण क्षेत्रका समुदायहरुमा सहकारी संस्थाहरुले बैंकको जस्तो काम गरिरहेको समेत बताएका छन् ।
सहकारी संस्थाको अधिकृत शेयर पुँजी ५ करोड रहेको जसमध्ये २०८० साल अषाढ मसान्तसम्म चुक्ता शेयर पुँजी ९८ लाख तीन सय ५० रुपैयाँ रहेको छ । संस्थाको गत वर्षको निक्षेप ६ करोड २० लाख ३२ हजार ६ सय ४ रुपैयाँ रहेकोमा गत वर्षको तुलनामा ८ दशमलव ५१ प्रतिशतले वृद्धि भई २०८० अषाढ मसान्तसम्म संस्थाको कुल निक्षेप ६ करोड ७९ लाख ३१ हजार तीन सय ४८ रुपैयाँ रहेको छ । साथै संस्थाले आर्थिक वर्ष २०७९/०८० मा ६२ लाख ४४ हजार पाँच रुपैयाँ तीन पैसा खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
कार्यक्रममा विगत लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान दिएको बन्दै भानुभक्त आधारभुत विद्यालयकी प्रधानाध्यापक माया साउँद, उत्कृष्ट ऋणी विश्वराज चाैधरी, उत्कृष्ट बचत कर्ता रामनारायण चाैधरी, बन्धना चाैधरी, राम प्रसाद चाैधरी, रोहित महत्तो, दुर्गा बुढा, अजुवा चाैधरी र व्यक्तिगत निक्षेपकर्ता प्रेमराज आचार्यलाई सहकारी संस्थाले सम्मान गरेको थियो ।
सहकारी संस्थाका अध्यक्ष कपुरसिंह कडायतको अध्यक्ष्ातामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष युवककुमार नायक गरेका थिए भने सञ्चालन सचिव ओपेन्द्र बहादुर खड्काले गरेका थिए । सहकारीको नयाँ सञ्चालन समिती समेत चयन गरेको छ । कपुरसिंह कडायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
सहकारीले नयाँ सञ्चालन समिति समेत चयन गरेको छ ।जसको उपाध्यक्षमा युवककुमार नायक, कोषाध्यक्षमा नृप बहादुर कडायत, सचिवमा ओपेन्द्र खड्का चयन भएका छन् । त्यस्तै सदस्यहरुमा धनसरी कोइराला, धनबहादुर बुढा, टीकाराम उपाध्याय, ओमप्रसाद भट्टराई, श्रीपाल चाैधरी, फुलराम डगाैरा, शान्ती बुढाथोकी, पहलसिंह धामी र श्रवण श्रेष्ठ चयन भएका छन् । त्यस्तै लेखा समिति संयोजक बासुदेव कोइराला चयन भएका छन् भने सदस्यमा लालवीर चाैधरी र गोपी धामी चयन भएका छन् । सहकारीको सहसचिवको भने समहती जुट्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *