शेयेर गर्नुहोस
समाधान समाचार,
टीकापुर ०१ असोज / कोरोनाभाइरस (कोभिड १९) का कारण झन्डै ६ महिना लामो समय रोकिएको लामो दूरीका सार्वजनिक यातायात आजबाट सञ्चालनमा आउने भएका छन।
मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज १ गतेदेखि लामो दूरीका यातायात चलाउन दिने निर्णय गरेको थियो।त्यही अनुसार आजबाट लामो दुरीको यातायात संचालन गर्न लागिएको हो। ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी सार्वजनिक यातायात चल्न दिने निर्णयमा उल्लेख छ। एक लाइनको सिटमा एक जना मात्रै यात्रु राखेर यातायात सेवा सञ्चालन गर्नुपर्ने सरकारको निर्णयमा उल्लेख छ।
मन्त्रिपरिषद् बैठकले लामो दुरी तथा अन्तरजिल्ला यातायात सञ्चालन गर्न अनुमति दिएसँगै बुधबार नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टेड युनियनले संयुक्त रुपमा छलफल गरेर लामो, छोटो दुरीका सबै गाडी सञ्चालन गर्ने जानकारी दिएका हुन्।चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गनुपर्ने र यात्रुले पनि यात्रा अवधिभर मास्क लगाएर यात्रा गर्नु पर्ने मापदण्ड बनाइएको छ