वाणिज्य संघको २२ औं साधारणसभा

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १३ पुस/
टीकापुर उद्योग वाणिज्य संघको २२ औं साधारण सभा उद्घाटन सत्र सोमबार सम्पन्न भएको छ ।
वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रावलले अहिले ग्राहक सामन खोज्दै भन्दा पनि मूल्य खोज्दै आउने गरेको बताएका छन् । “उपभोक्ता अहिले सामान खोज्दै आउने अवस्था छैन । मूल्य खोज्दै आउन थालेका छन् । जहाँ सस्तोमा सामान पायो त्यहाँ उपभोक्ता जानू स्वभाविक हो ।” नगर प्रमुख रावलले भने, अहिले विभिन्न घटनाहरु भैरहेको अवस्थामा त्यसलाई नकारात्मक रुपबाट सम्प्रेषण गर्दा स्थिति निकै नाजुक बन्दै गएको छ ।” उनले नकारात्मक कुराहरुको चिन्तन बढी हुँदै गएको बताउँदै टीकापुरको व्यवसायलाई माथी उठाउन सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार चौधरीले टीकापुर र जानकीका व्यापारीहरुको छाता संगठन उद्योग वाणिज्य संघ एउटै भएको बताउँदै त्यसलाई मजबुत बनाएर सबै व्यवसायीहरुको हकहितमा काम गर्नुपर्ने सुझाव दिएका छन् । उनले राज्य संरचना अनुसार दुई पालिका भएपनि टीकापुरसँग जानकीको सम्बन्ध नजिकको रहेको बताउँदै गाउँपालिकाले निर्माण गर्ने औधोगिक ग्राम पनि नगरपालिका र गाउँपालिकाको संगम स्थानमा निर्माण गरिन लागेको बताएका छन् ।
टीकापुर नगरपालिकाकी नगर उपप्रमुख केशरी बिष्टले टीकापुरमा लगानी सम्मेलनको आयोजना गरेर देशैभरका लगानीकर्तालाई टीकापुर ल्याउनुपर्ने बताएकी छन् । नेपाली काँग्रेसका टीकापुर नगर सभापति नरेश कुमार खत्रीले टीकापुरको आर्थिक तथा सामाजिक विकासमा टीकापुर उद्योग वाणिाज्य संघले निकै महत्त्वपूर्ण भुमिका खेल्दै आएको बताउँदै अझै त्यसलाई कामय राख्न सुझाव दिएका छन् । नेकपा एमालेका नगर अध्यक्ष ध्रुव खत्रीले टीकापुरमा घट्दै गएका सामाजिक तथ आपराधिक गतिविधिहरुले व्यवसाय दिनप्रतिदिन धरापमा पर्दै गएको बताउँदै व्यवसाय धरापमा पर्दै गएकोमा उद्योग वाणिज्य संघ र प्रहरी प्रशासनले विकल्पको खोजी गर्न आवश्यक रहेको बताएका छन् ।
जनता समाजवादी पार्टीका कैलाली जिल्ला सचीव बिरेन्द्र साउँदले टीकापुर क्षेत्रको विकास नहुनुको मुख्य कारण एकताको अभाव भएको बताएका छन् । टीकापुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नवराज रावलले ब्यापारीहरुले वाणिाज्य संघबाट अपेक्षा गर्नुभन्दा पहिले संघसँग नजिकबाट जोडिन आवश्यक रहेको बताएका छन् । उनले टीकापुरको समग्र विकासको लागि संघले महत्त्वपूर्ण भुमिका खेल्दै आएको बताउँदै आजको दिनमा आइपुग्दा अन्य पालिकाहरु माथी उठ्दै गएको अवस्थामा टीकापुर खस्किदैँ गएको प्रती सबैको ध्यान जान आवश्यक रहेको बताएका छन् ।
संघका उपाध्यक्ष चक्रपाणी सापकोटाले स्वागत गरेको कार्यक्रममा संघका पुर्व कोषाध्यक्ष तर्क बुढा, पुर्व महासचिव शिवदत्त उप्रेती लगाएतले शुभकामना मन्तव्य राखेका थिए भने सञ्चालन महासचिव तपेन्द्र स्वाँरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *