शेयेर गर्नुहोस
टीकापुर १७ माघ /
टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले बिद्यार्थीलाई शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड्नुपर्ने बताएका छन् ।
टीकापुर स्थित लिटिल स्टेप्स डे केयर स्कुलको पाचौं वार्षिकोत्सब तथा अभिभावक दिवसको कार्यक्रममा बोल्दै वडा अध्यक्ष विकले बिद्यार्थीलाई बहुप्रतिभावान बनाउन तर्फ जोड दिनुपर्ने बताएका हुन । “पाठ्यक्रममा मात्रै बिद्यार्थीलाई केन्द्रित नगरी समयसापेक्ष रुपमा अतिरिक्त क्रियाकलापबाट बिद्यार्थीलाई प्रतिभावान बनाउन लाग्नुपर्छ ।” उनले भने, “बिद्यार्थीको रुचि अनुसारको शिक्षामा जोड्न सक्यो भने मात्रै बिद्यार्थी भविष्यमा सफल बन्न सक्छ ।”
बिद्यार्थीहरु क्षमता मुखी बन्न सके मात्रै शैक्षिक क्षेत्रमा भएको लगानी सार्थक बन्न उनको विश्वास छ । अध्यक्ष विकले अभिभावकहरुको विश्वसनीयता आज पनि सामुदायिक बिधालयको भन्दा संस्थागत बिधालयमा बढी रहेको बताउँदै लिटिल स्टेप्सले पनि शैक्षिक नगरीलाई मुर्तरुप दिन इट्टा थप्ने काम गरेको बताएका छन् । “सामुदायिक बिधालय आज पनि सबल बन्न सकेका छैनन् । अभिभावकको विश्वास सामुदायिक भन्दा संस्थागतलाई बढी छ ।” उनले भने, “त्यो हुनुमा सामुदायिक बिधालय प्रति अभिभावकलाई आकर्षण गर्न सकिएको छैन । आकर्षण गर्ने कुरामा संस्थागत बिधालय अगाडि छन् ।”
शिक्षक, अभिभावक र बिद्यार्थीको त्रीकोणात्मक सम्बन्धले मात्रै सफल बिधालय बनाउन सकिने भन्दै बिद्यार्थीको भविष्य अभिभावक र शिक्षकहरूमै निहित हुन्व उनको भनाइ छ । कार्यक्रममा टीकापुर नगरपालिका कार्यपालिका सदस्य रामबहादुर नगार्जीले वर्तमान अवस्थालाई मध्यनजर गरै शैक्षिक गतिविधि बढाउन सक्नुपर्ने बताएका छन् । उनले बाध्यकारी नभई आवश्यकताको आधारमा शिक्षा पद्धतिलाई पनि परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिएका छन् ।
वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा बिधालयको आन्तरिक प्रतियोगितामा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । बिधालयले उत्कृष्ट शिक्षक तथा अभिभावकहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो । विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि वार्षिकोत्सबमा प्रस्तुत भएका थिए भने नृत्य प्रतियोगिता पनि भएको थियो । बिधालय व्यवस्थापन समिती अध्यक्ष दिपक बहादुर निसानीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत प्रीन्सिपल कविता विश्वकर्माले गरेकी थिइन । कार्यक्रमको सञ्चालन झलनाथ खनाल र बिधालयकि शिक्षिका चन्दा शाहुले गरेका थिए ।