शेयेर गर्नुहोस
टीकापुर २१ माघ /
टीकापुर नगरपालिका वडा नं. ८ ले सामुदायिक विद्यालयका बालविकास देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई हाउस ड्रेस वितरण गरेको छ ।
आर्थिक वर्ष २०८२/०८३ को कार्यक्रम अन्तर्गत वडा कार्यालयले एक कार्यक्रमको आयोजना गर्दै ड्रेस वितरण गरेको हो । वडा कार्यालयले बुधबार कालीका आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हाउस ड्रेस वितरण गरिएको वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्लाले जानकारी दिएका छन् ।
सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटदो क्रममा भएको बेला यसले विद्यार्थीलाई प्रोत्सहान मिल्ने उद्देश्यका साथ उक्त कार्यक्रममा जोड दिएको अध्यक्ष ठकुल्लाले बताएका छन् । “तल्लो कक्षामा बालबालिकाको संख्या घट्दै गएको छ । त्यसलाई कसरी बढाउन सकिन्छ भन्ने उद्देश्यका साथ वडाले बिधालय लक्षित कार्यक्रम गर्दै आएको छ ।” उनले भने, “त्यसैअनुसार बालबालिकालाई बिधालय प्रती आकर्षण बढाउनका लागि स्कुल हाउस ड्रेस वितरण कार्यक्रम राखेका हौं ।”
स्थानीय सरकारले शिक्षाको गुणस्तर वृद्धि देखि बिद्यार्थीलाई बिधालयसम्म पुर्याउनका लागि वार्षिक रुपमा हरेक प्रयासहरु गर्दै आएको बताउँदै वडा अध्यक्ष ठकुल्लाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । वडा कार्यालयले बिद्यार्थीहरुलाई स्कुल हाउस ड्रेस वितरण गरेपछि अभिभावक सहित बिद्यार्थी खुशी भएका छन् ।










