विद्युतीय चुलोको बजार प्रवद्र्धन सम्बन्धी गोष्ठी सम्पन्न

शेयेर गर्नुहोस


गोपाल जंग थापा, काठमाडौ १५ असार /
विद्युतीय चुलोको बजार प्रवद्र्धन परियोजनाको राष्ट्रिय स्तरको गोष्ठी विहिबार काठमाडौँमा सम्पन्न भएको छ । प्राक्टिकल एक्शनले आयोजना गरेको उक्त कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर अनिता शाह ढुङ्गानाले १६ औ आवधिक योजनामा विद्युतीय चुलो प्रवद्र्धनलाई थप प्रभावकारी हुने गरी समेट्ने प्रतिवद्धता जनाएकी छिन । उनले विद्युतीय चुलोको बजार प्रवद्र्धन परियोजनाको उपलब्धी र कार्यक्रम पद्धतीको प्रशंसा गर्दै कार्यक्रमबाट छलफलका क्रममा उठेका ठोस विषयवस्तुलाई आवधिक योजना बनाउने क्रममा गम्भीरता पूर्वक लिने उल्लेख गरिन् ।
विद्युत नियमन आयोगका सदस्य भागिरथी ज्ञवालीले आयोगले बनाएका निर्देशिकाहरुको बारेमा जानकारी गराइन । उनले आयोगले बनाएका र आगामी दिनमा बनाउनुपर्ने निर्देशिकाहरु अझै सान्दर्भिक बनाउनका निम्ति सबैको सुझाव आवश्यक भएको बताइन ।
वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले राज्यले नै विद्युतीय चुलोको विस्तार गर्ने नीति लिएकाले यसको प्रवद्र्धनमा साझेदारहरुको सहकार्य अझै बलियो बनाउनु पर्नेमा जोड दिए । उनले समुदायस्तरमा विद्युतीय चुलो स्वीकार्ने वातावरण निर्माण गर्न, मापदण्ड बनाएर बजारमा विस्तार गर्न, तोकिएका मापदण्डको पालना गर्न, विद्युत वितरण सुधार गर्ने देखि सहज नीतिगत व्यवस्थाका लागि सबैको उतिकै जिम्मेवारी हुने बताएका छन ।
सोहि कार्यक्रममा बोल्दै प्राक्टिकल एक्शनका राष्ट्रिय निर्देशक पुजा शर्माले विद्युतीय चुलोको अभियानमा लिएको छलाङ र परिवर्तन भएको बहसको मुद्धाहरु प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा उर्जाको विस्तार मार्फत यसको परिणाममुखि उपयोगका सवालमा अझै सशक्त ढंगले काम गर्ने बताएकी छिन । दुई वर्ष अगाडि मात्रै परियोजना शुरु हुनु पूर्व विद्युतीय चुलोको प्रवद्र्धन गर्ने विषयमा चिन्तीत रहेको उल्लेख गर्दै निर्देशक शर्माले साझेदारहरुसंगको महत्वपूर्ण सहकार्य, कर्मचारीको मेहनेतका कारण सफलता हात लागेको उल्लेख गरिन ।
सो अवसरमा प्राक्टिकल एक्शनका परियोजना प्रवन्धक बासुदेव उपाध्याय र कार्यक्रम प्रमुख मिन विक्रम मल्लले “विद्युतीय चुलोको बजार प्रवद्र्धन” परियोजनाका बारेमा विस्तृत जानकारी गराएका थिए । दुई वर्षे परियोजनाको अवधीभर गण्डकी, बाग्मती र लुम्बनी प्रदेशका १० वटा जिल्लामा ९ हजार ८ सय ७५ विद्युतीय चुलो वितरण गरिएको परियोजना प्रबन्धक उपाध्यायले जानकारी दिए । उनले १० हजार चुलो बाड्ने लक्ष्य रहेको उल्लेख गर्दै परियोजना अवधीभर ९८ दशमलव ८ प्रतिशत सफल भएको बताएका छन ।
भ्लम्भख (इन्डेभ) कार्यक्रमको आर्थिक सहयोग र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालसंगको सहकार्यमा तीन वर्ष अघि सन् २०२१ जुलाईबाट “विद्युतीय चुलोको बजार प्रवद्र्धन” परियोजना सुरु भएको थियो । गोष्ठीमा राष्ट्रिय योजना आयोग, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, विद्युत नियमन आयोग, नेपाल विद्युत प्राधिकरण लगायतका सरकारी निकाय, विद्युत उत्पादन र प्रयोगमा संलग्न विभिन्न साझेदारहरु, दातृ निकाय, राष्ट्रिय सञ्जाल, गैह्सरकारी संस्था, व्यापारी, स्थानिय तहका जनप्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *