विश्वासीका नाममा ५ दिनदेखी सडेको लास घरमै

शेयेर गर्नुहोस


समाधान समाचार
टीकापुर २० साउन/
आफुलाई विश्वासी बताउने एक जनाले आफ्नो बाउ बितेको ५ दिन पुगेर लास गनाउदा समेत लासको सतगत गरेका छैनन ।
टीकापुर नगर पालिका वार्ड नं.१ शक्तिनगर शिविर बस्ने ४३ वर्षिय मोतीराम डगौरा थारुलाई विरामी भएर औषधी गर्न सोही वार्डको गणेशपुर सुकुम्वासी शिविरमा पास्टरसँग ल्याएको र उनी ५ दिन अघि मरिसकेको भएपनि पास्टरले ७ दिनमा निको भएर उठ्ने भनेको भन्दै लास घरमै राखिएको हो ।
मृतकका छोरा २१ वर्षिय इश्वर डगौराले इशाई धर्मको विश्वासमा “प्रभुले बाउ बाच्ने भनेको” बताउदै लासको सतगत नगरेका हुन ।
लास गन्हाएर सिंगो वस्ती नै दुर्गन्धित भएपछि स्थानियले प्रहरीलाई खबर गरेपछि अहिले प्रहरी टोली सो ठाउमा पुगेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी मधुसुदन न्यौपानेले सो वस्तीमा घरमा लास गन्हाएको खबर पाएपछि प्रहरी टोली त्यस तर्फ गएको पुष्टि गर्नु भयो ।
लास गन्हाएर सिंगो वस्तीमा नै गुर्गन्ध फैलिदा पनि मृतकका छोराले “प्रभुले सात दिनमा उठ्ने भनेको” भन्दै अहिले पनि लास उठाउन आनाकानी गरिरहेको स्थानियले बताएका छन ।
लास गनहाएको विषयमा उनले“लास गन्हाएको नभएर पसिना आएको र आज ५ दिनमात्र भएको” भन्दै ७ दिनमा उठ्ने बताउने गरेको स्थानियहरु बताउछन ।
अहिले प्रहरी टोली सो ठाउमा पुगेको र गन्हाएको कारण कोठा भित्र पस्न नसेर पर्फिन ल्याउन बजारमा मान्छे पठाएको घटनास्थलबाट पत्रकार पुर्ण विकले जानकारी दिनुभयो ( खप्तड खबरबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *