वीरेन्द्रको अाैं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर १३ फागुन /
वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित वीरेन्द्र विद्यामन्दिर माध्यामिक विद्यालयको ४९ अाैं वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ ।
गुठीका कार्यवाहक गुठीयार प्रमुख महेन्द्रसिंह बमको अध्यक्ष्ातामा भएको वार्षिकोत्सव कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्री झपट बहादुर साउँदले टीकापुर नगरपालिका र वीरेन्द्र विद्यामन्दिर विद्यालय एक अर्काका परिपुरक भएको बताएका छन् । “टीकापुर नगरपालिकाबाट वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयलाई छुट्यार हेर्न सक्ने अवस्था छैन ।” उनले भने “सिङ्गो टीकापुर भविस्य वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयसँग जोडिएको विषय पनि हो ।”
मन्त्री साउँदले टीकापुर नगरपालिका आफैमा सुन्दर, रमणीय र पर्यटकीय क्षेत्र रहेको बताउँदै देशले संघीयता प्राप्त भइसकेपछि कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश गरि तीनै प्रदेशको संगम स्थल टीकापुर नगरपालिका क्षेत्र रहेको बताएका छन् । पछिल्लो समय वीरेन्द्र विद्यामन्दिर माध्यामिक विद्यालयले तीनै प्रदेशका नागरिकलाई गुणस्तरीय शिक्षा प्रदान गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गरेको समेत उनले बताएका छन् ।
वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयलाई सुदूरपश्चिम सरकार र सामाजिक विकास मन्त्रालयको तर्फबाट विशेष प्राथमिकता राखेर विद्यालयको स्तर उन्नतिका र विकासका भाैतिक पुर्वाधार निर्माणका लागि विशेष सहयोग रहने मन्त्री साउँदको भनाई रहेको थियो । मन्त्री साउँदलले टीकापुर क्षेत्रमा शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा प्राप्त बजेट विनियोजन हुन नसकेको बताउँदै सुदूरपश्चिमका ८८ वटा स्थानीय तह मध्ये सामाजिक विकास मन्त्रालयबाट सबैभन्दा बढि बजेट विनियोजन भएको पालिका टीकापुर नगरपालिका रहेको बताए ।
विद्यालयले वार्षिकोत्सब कार्यक्रमको अवसर नियमीत शिक्षक योगेन्द्र प्रसाद बजगाई, अवकास प्राप्त शिक्षक मुक्ति प्रसाद शर्मा भट्टराई र उत्कृष्ट शिक्षक उत्मराज अधिकारीलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा साँस्कृतिक झल्काउने कार्यक्रमहरु समेत प्रस्तुत भएका थिए ।
विद्यालयका शिक्षक योगेन्द्रराज बजगाई र शिक्षिका लक्ष्मी लम्सालले सञ्चालन गरेको कार्यक्रमको स्वागत शिक्षक प्रेम चाैधरीले गरेका थिए । बिधालयको वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *