शेयेर गर्नुहोस
टीकापुर १३ माघ/
टीकापुर स्थित वीरेन्द्र बिद्या मन्दिर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले माद्यामिक तह स्तरीय खुला क्रीकेट प्रतियोगिता (स्ववियु कप २०८२) आयोजना गर्ने भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा माघ १५ गतेदेखि माद्यामिक तह स्तरीय खुला क्रीकेट प्रतियोगिता आयोजना गर्ने भएको हो । स्ववियु सभापति गोपाल खत्रीले दिएको जानकारी अनुसार प्रतियोगिताको तयारी थालिएको छ । पहिलोपटक खेलाडीहरुलाई उत्पादन तथा प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न थालिएको सभापति खत्रीले बताएका छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले ४५ हजार नगद सहित ट्रफी लगायतको पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरी उपविजेता हुने टिमले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने सभापति खत्रीले जानकारी दिएका छन् । उनका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुले पनि नगद पुरस्कार पाउनेछन् ।
म्यान अफ द टुडामेन्टले पाँच हजार नगद, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ । त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलरले जनही तिन हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने उनले बताएका छन् । साथै म्याम अफ द टुडामेन्ट, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलर पछि स्नातक तह अध्ययन गर्ने समयमा वीरेन्द्र बिद्या मन्दिर क्याम्पस अध्ययनको लागि आए थप क्रमशः एक वर्ष र ६/६ महिनाको प्रथम वर्षमा शुल्क मिनाहा गरिने छ ।
खेलकुदमा रुचि भएका तर अवसर नपाएर आफ्नो खेल प्रदर्शन गर्न नपाएका खेलाडीका लागि प्रतियोगिता महत्त्वपूर्ण आधार बन्ने बताउँदै क्रीकेटमा भविष्य देखेका खेलाडीहरुका लागि झन राम्रो बन्ने विश्वास सभापति खत्रीले गरेका छन् । “यो प्रतियोगिता मात्रै नभएर उत्कृष्ट खेलाडीको पहिचान गर्ने माध्यम पनि बन्ने छ ।” उनले भने, “भोली सानै उमेरमा पहिचान भएका उत्कृष्ट खेलाडीहरुका लागि अर्को राम्रो अवसर प्राप्त हुनेमा विश्वस्त छौँ ।” खेलकुद प्रतियोगितालाई सफल बनाउनका लागि उनले सबैलाई आग्रह पनि गरेका छन् ।










