वीरेन्द्रले पायो क्युएएको प्रमाणपत्र

शेयेर गर्नुहोस


टीकापुर ३१ साउन /
टीकापुरस्थित वीरेन्द्र विद्यामन्दिर क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गरेको छ ।
विश्वविद्यालय अनुदान आयोगले निर्धारण गरेको मापदण्ड पूरा गरेपछि क्याम्पसले मंगलबार क्युएए प्रमाणपत्र प्राप्त गरेको हो । यसवर्ष देशभरबाट दुई क्याम्पस क्युएएका लागि छनोट भएका थिए । त्यसैअनुसार आयोगले विशेष कार्यक्रमको आयोजना गर्दै वीरेन्द्र वीध्यामन्दिर क्याम्पस र काठमाडौंस्थित कोटेश्वर बहुमुखी क्याम्पसलाई विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले सो प्रमाणपत्र प्रदान गरेका थिए ।
‘वीरेन्द्र विद्या मन्दिर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु अन्तर्राष्ट्रिय बजारमा खपतका लागि योग्य छन् भन्ने कुराको आधार तय गरेको छ । जसको आधार विश्व बिधालय अनुदान आयोग मार्फत क्युएएको प्रमाणपत्र प्राप्त गरेका छौँ । ’ क्याम्पस प्रमुख हर्कबहादुर भण्डारीले भने ‘यसका विभिन्न मापदण्डहरु पूरा गरेर आगामी पाँच वर्षका लागि हामीले प्रमाणपत्र पाएका छौं, हरेक वर्ष यसको अनुगमन हुन्छ, संस्थालाई अपडेट राख्नुपर्ने हुन्छ, हाम्रा लागि यो निकै खुशीको खबर हो ।”
क्युएए प्रमाणपत्र पाउने वीरेन्द्र विद्या मन्दिर टीकापुरका लागि दोश्रो क्याम्पस हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालनमा भएका बेला यसअघि टीकापुर बहुमुखी क्याम्पसले पाएको थियो । हाल नेपाल भरिमा जम्मा ९४ क्याम्पसहरुले मात्रै विश्वविद्यालय अनुदान आयोगको क्युएए प्रमाणपत्र पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *