शव डुवानीको खर्च चापाँईले व्यहोर्ने

शेयेर गर्नुहोस


टीकापुर ०६ कार्तिक /
टीकापुर अस्पतालले शव ढुवानी वाफत लिँदै आएको सम्पूर्ण रकम टीकापुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष पर्शुराम चपाँईले व्यहोर्ने भएका छन ।
टीकापुरस्थित नयाँ तुलसी ट्रेड लिंक प्रालिका प्रबन्ध निर्देशक समेत रहेका चपाँईले अस्पतालले शवबाहनमा शव ढुवानी गरे वाफत लिँदै आएको रकम तिरिदिने भएका हुन । यस बारेमा प्रालि र अस्पताल व्यवस्थापन समितिबिच शनिबार सम्झौता भएको छ । प्रालिका तर्फबाट प्रबन्ध निर्देशक चपाँई र समितिका तर्फबाट अध्यक्ष झपट बहादुर सोडारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । सम्झौता अनुसार चपाँईले अस्पताललाई एकमुष्ठ वार्षिक ३ लाख रुपैयाँ तिर्ने छन । अस्पतालले टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाभित्र शव ढुवानी वाफत कुनै पनि संघसंस्था र व्यक्तिहरुबाट रकम लिन नपाईने भएको छ ।
ती बाहेकका ठाउँमा शव ढुवानी वाफत भने अस्पतालले तोकेको रकम असुल्न सक्ने सम्झौतामा उल्लेख छ । अस्पतालले यसअघि टीकापुर नगरपालिका भित्र शव ढुवानी गरे वाफत २ हजार रुपैयाँ लिने गरेको थियो । चपाँईले सबै रकम व्यहोर्ने भएपछि अब तीनवटा पालिकाका कुनैपनि व्यक्तिले आफन्तको शव ढुवानी गरेवाफत रकम तिर्नुपर्ने छैन । अस्पतालले सञ्चालन गरेको शव बाहन समेत नागरिकस्तरबाट आर्थिक सहयोग संकलन गरेर खरिद गरिएको थियो । टीकापुर सरोकार समूहको अगुवाईमा आर्थिक सहयोग संकलन गरिएको थियो ।
बसमूहले शव बाहन खरिद गरेर सञ्चालनका लागि अस्पताललाई हस्तान्तरण गरेको थियो । अस्पतालमा उपचारका क्रममा निधन भएका व्यक्तिहरुलाई शव बाहनले सम्बन्धित व्यक्तिको घर वा दाहसंस्कार गर्ने स्थलसम्म पुर्याउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *