शेयेर गर्नुहोस
टीकापुर १५ असोज/
नेपाल शिक्षक महासंघ टीकापुर नगर कार्यसमितिले पुर्णता पाएको छ ।
नेपाल शिक्षक महासंघ आबद्ध तथा सम्बद्ध संस्थाहरुको आयोजनामा भएको कार्यक्रमबाट महासंघको नगर कार्यसमितिले पुर्णता पाएको हो । धर्मराज शर्माको नेतृत्वमा गठित नगर कार्यसमितिको सहअध्यक्ष हेम प्रसाद भट्ट, उपाध्यक्ष दिपक राज जोशी, सचिव यशोदा तिमिल्सिना, सहसचिव हृदयराज रेग्मी, सहसचिव महिलामा सुमन खड्का चयन भएका छन् ।
त्यसैगरी कार्यसमितिको सदस्यमा लक्ष्मी विष्ट, अमित कुमार चौधरी, पुर्ण विक, रामबहादुर चौधरी, अशोक विक, नन्दा खत्री, जित बहादुर डगौरा, कल्पना खड्का, आशा कुमारी भट्ट र रतन बहादुर परियार चयन भएका छन् । कार्यक्रममा नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले आफ्नै कार्यकालमा नगर शिक्षकहरुको सेवा सुविधा बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चालू आर्थिक वर्षको बजेट निर्माण देखि पारित गर्दा आफ्नो सहभागिता नहरेको उल्लेख गर्दै उनले विगतका कमजोरीलाई सच्याएर अगाडि बढ्ने बताए । “शिक्षक सबैभन्दा सर्वश्रेष्ठ पेशा हो । शिक्षा बिना हरेक सम्भावना अधुरो हुन्छ ।” उनले भने, “त्यसैले शिक्षकको पेशागत सुरक्षाको ग्यारेन्टी सरकारले गर्नुपर्छ । हामी गर्छौं ।”
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाले शिक्षकहरुको पेशागत हकहित सँगसँगै विद्यार्थीहरुको सुनौलो भविष्य निर्माणलाई पनि ध्यान दिन महासंघलाई आग्रह गरेकी छन् । उनले बिद्यार्थीको भविष्य शिक्षकहरुसँग जोडिने उल्लेख गर्दै पहिलो प्राथमिकताम बिद्यार्थीलाई राखेर अगाडि बढ्न निर्देशन समेत दिएकी छन् । शिक्षक महासंघ कैलाली जिल्ला अध्यक्ष गणेश प्रसाद ओझाले शिक्षकले अबका दिनमा नारा लगाउन आन्दोलन नगर्ने भन्दै आफ्ना माग मुद्दा कार्यान्वयन गराउन सरकारसँग सम्झौता गर्ने बताएका छन् । उनले शैक्षिक गुणस्तरसँगै शिक्षकहरुलाई सेवा सुविधामा पनि सन्तुष्ट हुने गरी सरकार गम्भीर बन्न आग्रह गरेका छन् । ओझाले
नगरपालिकाका शिक्षा शाखा प्रमुख नरेश अवस्थीले शिक्षकहरुका मागका विषयमा नगरपालिका जहिल्यै सकारात्मक रहेको बताएका छन् ।
कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष रघुनाथ उपाध्यायले शिक्षकको पेशागत सुरक्षाको ग्यारेन्टी गर्ने जिम्मा सरकारको भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा दिने कुरामा शिक्षक जिम्मेवार हुनुपर्ने बताएका छन् । नगरपालिकामा शैक्षिक क्षेत्रसँग जोडिएर शिक्षकको पेशागत हकहितका लागि कैयौं कामहरू महासंघले गरेको उल्लेख गर्दै उनले नगरपालिकालाई आग्रह गर्दागर्दै पनि शिक्षक संख्या नबढाउन भन्दा संख्या बढाएर सेवा सुविधा घटाएको आरोप लगाए ।
कार्यक्रममा नगरपालिका शिक्षा समितिका सदस्य जोगी रावलले शिक्षा र स्वास्थ्य क्षेत्र राज्यको प्रमुख प्राथमिकतामा परेको भए पनि कार्यान्वयन फितलो भएको बताए । उनले शिक्षकहरु भित्रको पेशागत असमानतालाई अन्त्य गर्नुपर्नेमा जोड दिए । सामुदायिक बिधालयको तर्फबाट बोल्दै त्रिभुवन माद्यामिक बिधालय बटनपुरका प्रधानाध्यापक रवीन्द्र बहादुर कठायतले महासंघ नगर कार्यसमितिले शिक्षकहरुको पेशागत हकहितका लागि छाताको काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रमको समापन गर्दै नवनिर्वाचित अध्यक्ष शर्माले शिक्षकको हकहितका लागि गम्भीर भएर सबैसँग समन्वय सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।










