बिरामीले पाउनेछन् उपचारमा छुट

शेयेर गर्नुहोस


टीकापुर १५ असोज /
नवजीवन सहकारी संस्था लिमिटेड र साथी अस्पताल प्रा.लि. बिच उपचार सेवामा छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
नवजीवन सहकारी संस्थाका शेयर सदस्यहरुलाई साथी अस्पतालबाट औषधी उपचार सेवा लिँदा शेयर सदस्यहरुलाई विभिन्न सेवामा छुट दिने गरी सम्झौता भएको हो । नवजीवन सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष गोपालराज पाठक र साथी अस्पतालका तर्फबाट अस्पतालका अध्यक्ष तपेन्द्र बिष्टले बुधबार एक कार्यक्रमका बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएका छन् ।
उक्त अस्पतालबाट सेवा लिँदा नवजीवनका शेयर सदस्य तथा निजका परिवार श्रीमान , श्रीमती , बुवा, आमा, छोराछोरीले उपचारमा छुट पाउने सहकारीकाअध्यक्ष पाठकले बताएका छन् । उनका अनुसार जनरल शय्यामा अस्पतालमा भर्ना हुँदा १५ प्रतशित, जनरल सर्जरी १५ प्रतशित छुट प्राप्त गर्नेछन् ।
त्यसैगरी आइसियु / एनआइसियुमा १५ प्रतशित,क्याबिन बेडमा १५ प्रतशित,प्याथोलोजी टेष्ट १५ प्रतशितज भिडियो एक्सरे¸ एक्सरे¸ इसिजीमा १० प्रतशित छुट शेयर सदस्यले पाउनेछ ।
एम्बुलेन्स सेवा १५ प्रतशित, फजियो अकुपञ्चर थेरापी २० प्रतशित, फजियिो थेरापी २० प्रतशित रकम छुट पाउने बताइएको छ । सो सुविधा लिँदा नवजीवनका शेयर सदस्यहरुले भर्ना हुँदाका बखत अस्पतालमा शेयर सदस्यता प्रमाणपत्र तथा परिचयपत्रको प्रतिलिपी पेश गर्नुपर्ने भनिएको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *