शिक्षा सम्बन्धि परियोजना प्रारम्भिक गोष्ठी सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर ०९ चैत /
समावेशी तथा गुणस्तरीय शिक्षा र नेपाल रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी बिहीबार सम्पन्न भएको छ ।
वर्ड भिजन इन्टरनेशनल नेपालकाे सहयोग तथा विकासका लागि युवा ऐक्यबद्धता ( यार्ड )धनगढीको आयोजनामा परियोजना प्रारम्भिक गोष्ठी सम्पन्न भएको हो । विकासका लागि युवा ऐक्यबद्धताका परियोजना संयोजक महेन्द्र शाहीले कार्यक्रम बारे जानकारी गराउँदै टीकापुर क्षेत्रमा काम गर्ने नयाँ संस्था रहेको बताउँदै संस्थाले काम गर्ने क्षेत्र टीकापुर र भजनी नगरपालिका रहेको बताएका छन् । संस्थाले शिक्षा क्षेत्रमा काम गर्ने संस्था रहेको बताउँदै संस्थाले विशेषगरी समुदायका विपन्न परिवारमा रहेका बालबालिकाहरुलाई सहयोग गर्ने बताएका छन् ।
परियोजना संयोजक शाहीले कैलालीका दुई वटा पालिकाहरु मध्य टीकापुर नगरपालिका अन्तरगतका वडा नं. ६, ७, ८ र ९, भजनी नगरपालिका अन्तरगत वडा नं. १, ३, ५ र ७ गरि १५ वटा विद्यालयमा काम गर्ने र साेहि विद्यालय अन्तरगत ४२ वटा पढाई शिविर सञ्चालन हुने बताएका छन् ।
कार्यक्रममा टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख दमनसिंह चाैधरीले शिक्षा क्षेत्रमा पालिकाले गर्नु पर्ने काम संघसंस्थाहरुले गर्दै आएको काम एकदमै महत्त्वपूर्ण रहेको बताउँदै संघसंस्थाहरुले नयाँ-नयाँ प्रविधिको प्रयोग गरी शिक्षा क्षेत्रलाई फरक ढङ्गबाट प्रस्तुत गर्दै विद्यार्थी र शिक्षक पढाइलाई सहज हुने वातावरण सिर्जना गर्दै आइरहेको बताएका छन् । उनले गैरसरकारी संघसंस्था र सरकारी संस्थाहरुले शिक्षा क्षेत्रमा गर्ने काम एउटै भएकाले आगामी दिनमा सहकार्यका माध्यमबाट काम गर्ने प्रतिवद्वता समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष यज्ञराज न्याैपानेले पढ्न चाहानेहरुका लागि यस्ता गैरसरकारी संघसंस्थाहरु अभिभावक रहेको बताएका छन् । उनले यस्ता कार्यक्रमले न्यून वर्गका परिवारलाई शिक्षामा ठुलो भुमिका निर्वाह गरि सहज वातावरण बनाई दिएको समेत बताएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *