शेयेर गर्नुहोस
लक्ष्मण विक ,२८ जेठ, टीकापुर /
टीकापुर ट्यूसन सेन्टरले सन् २०२३ को कोरियान भाषा परीक्षामा कृषि तथा पशुपालन क्षेत्र तर्फ पास हुने विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि टीकापुर नगरपालिकाका उप-प्रमुख खडक बहादुर शाहले कोरियान भाषा परीक्षा पास गरेर कोरिया जानेहरुलाई बधाई दिदै आफुले आफैँलाई प्रश्न गर्न खोजी रहेको बताए । उनले कोरियाको इतिहास पढ्दै गर्दा कोरियामा भोकमरि पर्दा नेपालले कारियालाई खाद्यान्न सहयोग गरे-को इतिहास रहेको बताउँदै, त्यहि कोरियाले अहिले नेपाललाई पासर्पोट बेची रहदा यसको जवाफ सबै निकायले दिनुपर्ने बताएका छन् ।
उप-प्रमुख शाहले आफुले भरखरै मात्र अष्ट्रेलियाको बसाईमा रहदा टीकापुर र आसपासका नागरिक-सँगको भेटमा कुराकानी गर्दा नेपालमै लगानी गर्न चाहिरहेको तर पहिलो र दोस्रो पक्ष नेपालकै लागानी कर्ता खोज्न र उनीहरु तेस्रो पक्ष भएर मात्रै लागानी गर्ने कुरा गरि रहेकोले पहिलो र दोस्रो पक्षको काम टीकापुर ट्यूसन सेन्टरले गर्नुपर्ने समय आएको बताउँदै यसमा स्थानीय सरकारले पनि आफ्नो तर्फबाट सहायोग गर्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि इलाका प्रशासन कार्यालयका प्रमुख चिरञ्जीवी राना मगरले परिक्षा पास गरेर मात्र सपना पुरा नहुने बताउँदै परिक्षा पास त मात्र पहिलो खुड्किलो रहेको बताएका छन् । उनले वैदेशिक रोजगारीका लागि जानेहरु मध्य ७४ प्रतिशत व्यक्तिहरु तालिम प्राप्त नगरि जाने भएकाले विदेशमा गएर दुःख पाउने गरेको बताए । उनले युवा समाजको पुजी रहेको बताउँदै त्यसलाई संरक्षण गरेर स्वदेशमै उपयोग गर्न सक्नु पर्ने समेत बताए ।
कार्यक्रममा राष्ट्रिय माध्यमिक विद्यालय बेलुवाका प्रधानाध्यापक रामप्रसाद चौधरी, सप्त ऋषि माध्यामिक विद्यालयका प्रधानाध्यापक लिखराम चौधरी, पास आवट विद्यार्थी हिक्मत सुनार, धनन्जय न्यौपाने, सन्जय कठरिया लगाएतले शुभ-कामना मन्तव्य राखेका थिए । साथै कार्यक्रममा परशिक्षक गंगबहादुर चौधरी, दिनेश बहादुर थापा र खड्क वैद्यलाई सम्मान गरिएको थियो ।
संस्थाका संस्थापक सदस्य सुरेश कुमार कठरियाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शेखर कोइरालाले गरेका थिए भने स्वागत लिखराम चौधरीले गरेका थिए ।